जेनजी अराजक बन्दा उपलब्धी गुम्ने खतरा ! – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

जेनजी अराजक बन्दा उपलब्धी गुम्ने खतरा !

जेनजीले गएको भदौ २३ र २४ गते गरेको शान्तिपूर्ण प्रदर्शन भड्किँदै जाँदा मुलुकको राजनीतिक अवस्था परिवर्तन भएको हो । परिवर्तनको संपूर्ण श्रेय आफूलाई ठानेका जेनजी आवद्ध युवाहरुले त्यसपछिका दिनहरुमा जसरी कानुनलाई आफ्नो हातमा लिएर जे गरे पनि हुन्छ भन्ने भाष्य निर्माण गरिरहेका छन्, त्यसले आगामी दिनमा थप अराजकताको संकेत र फेरि पनि भाडभैलो मच्याउनेहरुलाई बल पुग्न जान्छ ।

कतिसम्म भने जेनजी युवाहरुबीच नै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कुटाकुटको अवस्था आउनु भनेको गम्भीर विषय हो । मंसिर ८ गते युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री बब्लु गुप्ताकै अगाडि दुई जेनजी समूहबीच भनाभन गर्दैगर्दा कुटाकुटको अवस्था सिर्जना भयो । कतिसम्म भने आक्रोशित जेनजी युवाहरुले सरकार विदेशीको इसारामा चलेको आरोप लगाउँदै यो सरकारले आफ्ना कुनै माग पूरा गर्न नसक्ने दाबी गर्दै नाराबाजी समेत गरे । उर्जा मन्त्रालयमा पनि जेन जी युवाहरुले त्यस्तै अराजक गतिविधि मच्चाएका कारण यतिबेला जेनजीहरु बदनाम भइरहेको देखिन्छ ।

त्यसैगरी अर्काे दिन प्रधानमन्त्री कार्यालयमा त्यस्तै अवस्था सिर्जना भयो । पछिल्लो समय सिंहदरबारभित्र जेनजीका नाममा विभिन्न समूहबीच भएका यी तीन घटनाले सिंहदरबार परिसर र खासगरी मन्त्रालयका कर्मचारीहरूबीच त्रासको वातावरण सिर्जना भएको कर्मचारीहरु नै बताउँछन् । आफूहरुलाई जेनजीका नाममा बिनाकारण थर्काएकोमा कर्मचारीहरुले आपत्ति जनाएका छन् । जेनजीहरुको आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको र आफूहरुले चाहेका बेला प्रधानमन्त्रीसंग भेट्न पाउनु पर्ने जेनजीहरुको दाबी रहेता पनि प्रधानमन्त्रीको समय उनीहरुले भनेको समयमा मिल्नै सक्छ भन्ने हुँदैन ।

जेनजीको नाममा भएका यस्ता अराजक गतिविधिलाई तत्काल बन्द गरेर संयमित बन्नुपर्दछ । विश्वको इतिहासमा त्यति छोटो समयमा समग्र मुलुकको राजनैतिक परिवर्तन तथा प्रधानमन्त्री मन्त्रीहरु भागभाग हुनुभनेको चानचुने कुरा होइन २७÷२८ घण्टामा मुलुकको राजनैतिक अवस्था परिवर्तन भएर मुलुकलाई नयाँ मार्गमा डे¥याउने जिम्मेवारी अब जेनजी पुस्ताले पनि लिनुपर्दछ । संघीय गणतन्त्रको संस्थागत विकासका लागि फागुन २१ गते हुने आम निर्वाचनलाई भयरहित बनाउन जेनजी पुस्ताको महत्वपूर्ण भूमिका रहेको हुँदा सिंहदरबारभित्र रहेको मुख्य प्रशासनिक भवनभित्र गएर जुन खाले अराजकता प्रदर्शन भएको छ त्यसले जेनजी पुस्तालाई नै गन्तव्यहिन तर्फ पु¥याउँछ ।

मुलुकको पुराना ठूला दलप्रति नेपाली जनताको मोह भंग भइरहेको बेला नयाँ पुस्ता जेनजीले उठाएका सवालहरु निकै महत्वपूर्ण रहेकोले त्यसलाई संस्थागत गर्न जेनजीले आफुलाई परिपक्व बनाउन आवश्यक छ । मुलुकमा राजनीतिक परिवर्तन गरेर आफुले उठाएका महत्वपूर्ण सवालहरु दल विशेषका समूहहरुले पनि आत्मसात गर्ने प्रतिबद्धता आइरहँदा जेनजीहरु संयमित हुनु अत्यावश्यक छ । तर मुलुक हाँकिरहेका प्रधानमन्त्रीलाई भेट्न नपाउँदा एकै दिनमा अराजकता मच्चाएर राष्ट्रसेवक कर्मचारीसँग झगडा गर्नु सुहाउने कुरा होइन ।

मुलुकमा चलिरहेको राजनीतिक हावाहुरीलाई संयमित भएर समेट्नु नै जेनजीको मुख्य कार्यदिशा हो । तर अब जेनजीले सानातिना, झिनामसिना कुरामा अल्झिएर रुमलिनु भनेको भाद्र २३ र २४ ले ल्याएको परिवर्तनलाई आत्मसात गर्न नसक्नु नै हो । त्यसैले विध्वंसबाट मुलुकलाई बचाउनु पनि जेनजीको मुख्य कर्तव्य हो । ती दलले मुलुकमा अराजकता निम्त्याएर विध्वंस मच्चाउने र निर्वाचन हुन नदिने रणनीति अख्तियार गरिरहेको अवस्थामा जेनजी निकै चनाखो हुनुपर्ने देखिन्छ ।

 

सम्बन्धित समाचार

गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
  • २०८२ मंसिर १५, १३: ५८

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन...

कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
  • २०८२ मंसिर १५, १३: ५८

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...

कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
  • २०८२ मंसिर १५, १३: ५८

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...