जेनजी अराजक बन्दा उपलब्धी गुम्ने खतरा ! – Naya Bikalpa
April 28, 2026, Tuesday      Epaper

जेनजी अराजक बन्दा उपलब्धी गुम्ने खतरा !

जेनजीले गएको भदौ २३ र २४ गते गरेको शान्तिपूर्ण प्रदर्शन भड्किँदै जाँदा मुलुकको राजनीतिक अवस्था परिवर्तन भएको हो । परिवर्तनको संपूर्ण श्रेय आफूलाई ठानेका जेनजी आवद्ध युवाहरुले त्यसपछिका दिनहरुमा जसरी कानुनलाई आफ्नो हातमा लिएर जे गरे पनि हुन्छ भन्ने भाष्य निर्माण गरिरहेका छन्, त्यसले आगामी दिनमा थप अराजकताको संकेत र फेरि पनि भाडभैलो मच्याउनेहरुलाई बल पुग्न जान्छ ।

कतिसम्म भने जेनजी युवाहरुबीच नै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कुटाकुटको अवस्था आउनु भनेको गम्भीर विषय हो । मंसिर ८ गते युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री बब्लु गुप्ताकै अगाडि दुई जेनजी समूहबीच भनाभन गर्दैगर्दा कुटाकुटको अवस्था सिर्जना भयो । कतिसम्म भने आक्रोशित जेनजी युवाहरुले सरकार विदेशीको इसारामा चलेको आरोप लगाउँदै यो सरकारले आफ्ना कुनै माग पूरा गर्न नसक्ने दाबी गर्दै नाराबाजी समेत गरे । उर्जा मन्त्रालयमा पनि जेन जी युवाहरुले त्यस्तै अराजक गतिविधि मच्चाएका कारण यतिबेला जेनजीहरु बदनाम भइरहेको देखिन्छ ।

त्यसैगरी अर्काे दिन प्रधानमन्त्री कार्यालयमा त्यस्तै अवस्था सिर्जना भयो । पछिल्लो समय सिंहदरबारभित्र जेनजीका नाममा विभिन्न समूहबीच भएका यी तीन घटनाले सिंहदरबार परिसर र खासगरी मन्त्रालयका कर्मचारीहरूबीच त्रासको वातावरण सिर्जना भएको कर्मचारीहरु नै बताउँछन् । आफूहरुलाई जेनजीका नाममा बिनाकारण थर्काएकोमा कर्मचारीहरुले आपत्ति जनाएका छन् । जेनजीहरुको आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको र आफूहरुले चाहेका बेला प्रधानमन्त्रीसंग भेट्न पाउनु पर्ने जेनजीहरुको दाबी रहेता पनि प्रधानमन्त्रीको समय उनीहरुले भनेको समयमा मिल्नै सक्छ भन्ने हुँदैन ।

जेनजीको नाममा भएका यस्ता अराजक गतिविधिलाई तत्काल बन्द गरेर संयमित बन्नुपर्दछ । विश्वको इतिहासमा त्यति छोटो समयमा समग्र मुलुकको राजनैतिक परिवर्तन तथा प्रधानमन्त्री मन्त्रीहरु भागभाग हुनुभनेको चानचुने कुरा होइन २७÷२८ घण्टामा मुलुकको राजनैतिक अवस्था परिवर्तन भएर मुलुकलाई नयाँ मार्गमा डे¥याउने जिम्मेवारी अब जेनजी पुस्ताले पनि लिनुपर्दछ । संघीय गणतन्त्रको संस्थागत विकासका लागि फागुन २१ गते हुने आम निर्वाचनलाई भयरहित बनाउन जेनजी पुस्ताको महत्वपूर्ण भूमिका रहेको हुँदा सिंहदरबारभित्र रहेको मुख्य प्रशासनिक भवनभित्र गएर जुन खाले अराजकता प्रदर्शन भएको छ त्यसले जेनजी पुस्तालाई नै गन्तव्यहिन तर्फ पु¥याउँछ ।

मुलुकको पुराना ठूला दलप्रति नेपाली जनताको मोह भंग भइरहेको बेला नयाँ पुस्ता जेनजीले उठाएका सवालहरु निकै महत्वपूर्ण रहेकोले त्यसलाई संस्थागत गर्न जेनजीले आफुलाई परिपक्व बनाउन आवश्यक छ । मुलुकमा राजनीतिक परिवर्तन गरेर आफुले उठाएका महत्वपूर्ण सवालहरु दल विशेषका समूहहरुले पनि आत्मसात गर्ने प्रतिबद्धता आइरहँदा जेनजीहरु संयमित हुनु अत्यावश्यक छ । तर मुलुक हाँकिरहेका प्रधानमन्त्रीलाई भेट्न नपाउँदा एकै दिनमा अराजकता मच्चाएर राष्ट्रसेवक कर्मचारीसँग झगडा गर्नु सुहाउने कुरा होइन ।

मुलुकमा चलिरहेको राजनीतिक हावाहुरीलाई संयमित भएर समेट्नु नै जेनजीको मुख्य कार्यदिशा हो । तर अब जेनजीले सानातिना, झिनामसिना कुरामा अल्झिएर रुमलिनु भनेको भाद्र २३ र २४ ले ल्याएको परिवर्तनलाई आत्मसात गर्न नसक्नु नै हो । त्यसैले विध्वंसबाट मुलुकलाई बचाउनु पनि जेनजीको मुख्य कर्तव्य हो । ती दलले मुलुकमा अराजकता निम्त्याएर विध्वंस मच्चाउने र निर्वाचन हुन नदिने रणनीति अख्तियार गरिरहेको अवस्थामा जेनजी निकै चनाखो हुनुपर्ने देखिन्छ ।

 

सम्बन्धित समाचार

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०८२ मंसिर १५, १३: ५८

काठमाडौं : सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न...

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
  • २०८२ मंसिर १५, १३: ५८

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन्...

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
  • २०८२ मंसिर १५, १३: ५८

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज...