
काठमाडौं । नेपाली कांग्रेसको दुई महिनादेखि चलिरहेको केन्द्रीय समितिको बैठक पटक पटक रातारात सार्ने र केन्द्रीय समितिलाई अनिर्णयको बन्दी बनाउँदै आएका वर्तमान संस्थापन पक्षका कारण कांग्रेस मात्र नभई सिंगो मुलुकको सिंगो राजनैतिक अवस्था समेत अन्यौलताबाट गुज्रिरहेको छ । संस्थापनका सात भाइ लगायत देउवाबाट पटक पटक फाइदा लुटेका पात्रहरुले मुुलुकमा भाद्र २३÷२४ गतेको नरसंभारकारी कार्यलाई समेत ढाकछोप गरिरहेका छन् । जसले गर्दा पार्टी र दिन प्रतिदिन बद्नामी कमाइरहेको छ ।
जेनजी आन्दोलनले उठाएको जायज मागलाई समेत वर्तमान संस्थापन पक्षका नेताहरुले आत्मासात नगर्दा स्थानीय नेताहरुले समेत गाउँगाउँबाट लखेचिनुपर्ने अवस्था सिर्जना भइरहेको छ ।
समय पुग्न लागेको केन्द्रीय कार्यसमितिको म्याद थपेर पुनः पार्टीभित्र आफ्नो बर्चश्व कायम गर्न उदृत भएका वर्तमान संस्थापन पक्षका नेताहरुले महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन हस्ताक्षर कर्ताहरुको नक्कली हस्ताक्षर भनेपछि नक्कली कि सक्कली हो देखाइ दिने भन्दै विशेष महाविधेशन हस्ताक्षरकर्ताहरु काठमाडौं आउनेक्रम जारी रहेको हस्ताक्षर कर्ताका अभियन्ता मनोजमणि आचार्यले विकल्पलाई बताए । उनले आज बस्ने केन्द्रीय समितिले पौष २८ गते भित्र नियमित महाधिवेशनको तिथि, मिति र स्थान सहितको सुनिश्चिता नभएमा हामी हस्ताक्षर कर्ताहरु विशेष महाधिवेशनको तयारी गरी विशेष महाधिवेशन गर्ने तयारीमा लाग्ने बताए ।
नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार असोज २९ गते विशेष महाधिवेशनका लागि हस्ताक्षर कर्ताहरुले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको माग पत्र विधिवतरुपमा दर्ता भएको हुँदा षौष २८ गते ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यतात्मक अवस्थामा कोही कसैले केही गरी पनि टार्न नसकिने बताए । त्यसैले गर्दा हस्ताक्षर कर्ताका अभियन्ताहरुले हस्ताक्षर कर्ताहरुलाई काठमाडौ बोलाएको र केन्द्रमा समेत घर्ना दिने दवावमूल कार्यक्रमको तयारी गरिएको बुझिएको छ । (नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...