माज र अनिलको अर्धशतकमा जनकपुरको जित – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

माज र अनिलको अर्धशतकमा जनकपुरको जित

काठमाडौं : अनिल शाह र माज सदाकतको उत्कृष्ट अर्धशतकीय साझेदारीले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लगातार चार खेलको हार रोक्दै सिद्धार्थ बैंक एनपीएल २०२५ मा पहिलो जित दर्ता गरेको छ ।

चितवन राइनोजले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पाँच खेलपछि पहिलो जीतसँगै जनकपुरले २ अंक जोड्दै प्लेअफको सम्भावना जिउँदो राखेको छ ।

चितवनले भने पाँच खेलमा तेस्रो हार व्यहोरेको छ र ४ अंकसहित चौथो स्थानमा छ ।

पाकिस्तानी अलराउन्डर माज सदाकतले ३० बलमा ६ चौका र ४ छक्कासहित ६३ रन बनाए । अनिल शाहले पनि ३६ बलमा ६१ रन प्रहार गर्दै बलियो योगदान दिए ।

पहिलो विकेटमा माज र आसिफ शेखले ४५ रन जोडे भने, दोस्रो विकेटमा माज र अनिलबीच ७९ रनको साझेदारी बन्यो । अन्त्यतिर आदित्य महताले ७ बलमा अविजित १८ रन जोडे ।

चितवनका सोहेल तनविर, कमलसिंह ऐरी र अमर सिंह राउटेला सबैले १-१ विकेट हात पारे ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८२ मंसिर १६, १५: ५६

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८२ मंसिर १६, १५: ५६

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०८२ मंसिर १६, १५: ५६

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...