बाँकी जीवन तपाईंले देखेको सपनालाई पूरा गर्छु – Naya Bikalpa
April 23, 2026, Thursday      Epaper
पिताको निधनमा बालेनको भावुक स्टाटस

बाँकी जीवन तपाईंले देखेको सपनालाई पूरा गर्छु

काठमाडौं । चर्चित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना पिता डा. रामनारायण शाहको निधन हुँदा निकै भावविह्वल हुँदै सामाजिक सञ्जालमा लेखेको स्टाटसले युवा पुस्तालाई झस्काएको छ । जसले प्रत्येक युवाले आफ्नो बुवाआमाप्रतिको श्रद्धालाई उजागार गरेको छ ।


उनले आफुलाई जन्म दिनेदेखि कर्मदिने बुवाप्रति जीवनकै सबैभन्दा ठूला रिक्तता महसुस गरेका छन् । कुशल सन्तान बनाउन आफ्ना पिताले जिन्दगीभर गरेको संघर्ष उनले पाँचै हरफमा दर्शाएका छन् ।

आजको दिन मेरो जीवनकै सबैभन्दा ठूलो रिक्तता लिएर आएको छ ।
बुबा… तपाईं अब शारीरिक रूपमा मेरो साथमा हुनुहुन्न, तर तपाईंले रोपिदिनुभएको अनुशासन, मूल्य, कामप्रतिको इमानदारी र समाजप्रतिको प्रेम यी सबै मेरो श्वासझैँ मेरो भित्री संसारमा बाँचिरहेका छन् ।
मैले आजसम्म उठाएको प्रत्येक कदम तपाईंको कुरा सम्झेर चालें, मैले बोलेका प्रत्येक वाक्य तपाईंको शिक्षा सम्झेर बोलें, र अब बाँकी जीवन तपाईंले देखेको सपनालाई पूरा गर्न समर्पित हुनेछ ।


पिता रामनारायण शाहको मंसिर १५ गते नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको थियो ।


उनी लामो समयदेखि मधुमेहका बिरामी भएका थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले ग्रस्त भएका कारण अस्पताल भर्ना गरिएको थियो । चिकित्सकको लामो प्रयास विफल भएपछि उनको १५ गते मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको थियो । यसअगाडि प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारका मन्त्री, नेता, समर्थकहरू ठूलो मात्रामा अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए ।


त्यसगरी, सुरक्षा निकायका दानबहादुर कार्कीलगायत अन्य सुरक्षा निकायका विशिष्ट व्यक्तिहरु पनि पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै यस दुःखद निधनप्रति यस मिडिया प्रा.लि. पनि हार्दिक समवेदना प्रकट गर्दछ ।

 

सम्बन्धित समाचार

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको प्रस्ताव सार्वजनिक
  • २०८२ मंसिर १८, १२: १९

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई ले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । ‘संविधान संशोधन...

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु
  • २०८२ मंसिर १८, १२: १९

काठमाडौं : गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी...

पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
पुनः सुचारुको पर्खाइमा ऐतिहासिक जनकपुर चुरोट कारखाना
  • २०८२ मंसिर १८, १२: १९

जनकपुरधाम। करिब ६२ वर्षअघि सञ्चालनमा आएको देशकै एकमात्र चुरोट उद्योग जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सञ्चालनको पर्खाइमा रहेको छ। राजनीतिक...