बाँकी जीवन तपाईंले देखेको सपनालाई पूरा गर्छु – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper
पिताको निधनमा बालेनको भावुक स्टाटस

बाँकी जीवन तपाईंले देखेको सपनालाई पूरा गर्छु

काठमाडौं । चर्चित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना पिता डा. रामनारायण शाहको निधन हुँदा निकै भावविह्वल हुँदै सामाजिक सञ्जालमा लेखेको स्टाटसले युवा पुस्तालाई झस्काएको छ । जसले प्रत्येक युवाले आफ्नो बुवाआमाप्रतिको श्रद्धालाई उजागार गरेको छ ।


उनले आफुलाई जन्म दिनेदेखि कर्मदिने बुवाप्रति जीवनकै सबैभन्दा ठूला रिक्तता महसुस गरेका छन् । कुशल सन्तान बनाउन आफ्ना पिताले जिन्दगीभर गरेको संघर्ष उनले पाँचै हरफमा दर्शाएका छन् ।

आजको दिन मेरो जीवनकै सबैभन्दा ठूलो रिक्तता लिएर आएको छ ।
बुबा… तपाईं अब शारीरिक रूपमा मेरो साथमा हुनुहुन्न, तर तपाईंले रोपिदिनुभएको अनुशासन, मूल्य, कामप्रतिको इमानदारी र समाजप्रतिको प्रेम यी सबै मेरो श्वासझैँ मेरो भित्री संसारमा बाँचिरहेका छन् ।
मैले आजसम्म उठाएको प्रत्येक कदम तपाईंको कुरा सम्झेर चालें, मैले बोलेका प्रत्येक वाक्य तपाईंको शिक्षा सम्झेर बोलें, र अब बाँकी जीवन तपाईंले देखेको सपनालाई पूरा गर्न समर्पित हुनेछ ।


पिता रामनारायण शाहको मंसिर १५ गते नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको थियो ।


उनी लामो समयदेखि मधुमेहका बिरामी भएका थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले ग्रस्त भएका कारण अस्पताल भर्ना गरिएको थियो । चिकित्सकको लामो प्रयास विफल भएपछि उनको १५ गते मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको थियो । यसअगाडि प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारका मन्त्री, नेता, समर्थकहरू ठूलो मात्रामा अस्पतालदेखि आर्यघाटसम्म पुगेका थिए ।


त्यसगरी, सुरक्षा निकायका दानबहादुर कार्कीलगायत अन्य सुरक्षा निकायका विशिष्ट व्यक्तिहरु पनि पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै यस दुःखद निधनप्रति यस मिडिया प्रा.लि. पनि हार्दिक समवेदना प्रकट गर्दछ ।

 

सम्बन्धित समाचार

गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
  • २०८२ मंसिर १८, १२: १९

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएको छ । काठमाडाैंको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन...

कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
  • २०८२ मंसिर १८, १२: १९

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...

कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
  • २०८२ मंसिर १८, १२: १९

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...