१४औं मा २२ भोटेदेखि सर्वाधिक मत ल्याउनेसम्म – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper
नेपाली कांग्रेसको सभापतिका आकांक्षी

१४औं मा २२ भोटेदेखि सर्वाधिक मत ल्याउनेसम्म

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा क्रम सुरु भएको छ । १४औं महाधिवेशनका महामन्त्रीका चर्चित अनुहार गगन थापादेखि सभापति पदका प्रत्यासी २२ मत पाउने कल्याण गुरुङले समेत यस पटक पनि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

जसअनुसार १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग निकै नजिकको प्रतिस्पर्धाबाट बाहिरिएका डा. शेखर कोइरालाले पनि १५औं महाधिवेशनको सभापतिमा आफ्नो उम्मेदवारी शसक्त रुपमा अगाडि बढाउने घोषण गरिसकेका छन् । डा. शेखर कोइराला १४ महाधिवेशन पश्चात देशव्यापी अभियानमा निरन्तर लागि पर्दै आएका छन् । यद्यपी १४औं महाधिवेशनमा शेखर कोइराला सभापतिका प्रत्यासी थिए भने गगन थापा महामन्त्रीमा उम्मेदवारी दिएर सर्वाधिक ३ हजार २३ मत ल्याएर विजयी भएका थिए ।

त्यसैगरी १४औं महाधिवेशनमा पहिलो चरणमा सभापति पदका उम्मेदवारहरुको कसैको पनि ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणमा डा. शेखर कोइरालाले सभापतिमा शेरबहादुर देउवासँगै १८ सय ५५ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार बनेर तेस्रो मत प्राप्त गर्ने प्रकाशमान सिंहले ३७१ मत प्राप्त गरेका थिए भने चौथो मत प्राप्त गर्ने विमलेन्द्र निधि २५० मत प्राप्त गरे । पाँचौं मत प्राप्त गर्ने २२ भोटे कल्याण गुरुङले समर्थन गरेपछि देउवाले २७३३ मत प्राप्त गरी सभापतिमा विजयी भएका थिए ।

यसैगरी सात भाइमा चर्चित अनुहारहरु जसले नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई आफ्नो बर्चश्वबाट गुमाउन नदिन १५औं महाधिवेशनको समय तालिका समेत ल्याउन नदिएपछि वर्तमान सभापति शेरबहादुर देउवाको प्रत्यक्ष हस्तक्षेपपछि गोपालमान श्रेष्ठ, शंशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशर महत, विजयकुमार गच्छदार पछि हटेका थिए ।

यी सात भाइमध्ये एउटाको नाममा सर्वसम्मत बनाउने प्रयास जारी रहेपनि सातमध्येकै विमलेन्द्र निधि र प्रकाशमान सिंहले सभापतिको उम्मेदवार घोषणा गरेका छन् । पाँचमध्ये तीनले पनि सभापति उम्मदेवारको आकांक्षी रहेको बताइन्छ ।

कांग्रेस महामन्त्री गगन थापाले आसन्न महाधिवेशनमा सभापतिमा उठ्ने बुधबार टेलिभिजन कार्यक्रम मार्फत घोषणा गरेका छन् । हिमालय टिभीको अन्तर्वार्ता कार्यक्रम ‘यक्ष प्रश्न’ मार्फत महामन्त्री थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यद्यपी १४औं महाधिवेशनमा एउटै समूहबाट सभापतिका प्रत्यासी डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच सहमति गराउने प्रयासमा गुरुराज घिमिरे, देवराज चालिसे लगायतका नेताहरु लागि परिरहेका बताइन्छ ।

त्यसैगरी १४ औं महाधिवेशनमा २२ मत पाएका कल्याण गुरुङ पछिल्लो समय जेनजीको आन्दोलन र विशेष महाधिवेशनको अभियानकर्ता दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको तिखो आलोचकको रुपमा प्रस्तुत हुँदै आएका छन् । मंसिर १७ गते बसेको केन्द्रीय समितिले सर्वसम्मतरुपमा नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसक्दा पनि १५औं महाधिवेशन हुन नसक्ने भन्दै बताउँदै आएका छन् । यता सक्रिय सदस्य छानविन समितिका एक सदस्यका अनुसार बुधबारसम्ममा ४ लाख सक्रिय सदस्यहरुको सदस्यता टुंग्याइएको र अब दुई तीन दिनभित्रै अरु ४ लाख टुंग्याउने बताए ।

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
कांग्रेस विशेष महाधिवेशन : जुलुस, झाँकीसहित नेता, कार्यकर्ता कार्यक्रम स्थल प्रवेश
  • २०८२ मंसिर १८, १३: ५६

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...

कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
कांग्रेस विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा बढ्यो चहलपहल
  • २०८२ मंसिर १८, १३: ५६

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...

गायक प्रशान्त तामाङको निधन
गायक प्रशान्त तामाङको निधन
  • २०८२ मंसिर १८, १३: ५६

काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो...