
काठमाडौं । जेनजी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनसँगै ठूला पार्टीहरु आन्तरिक व्यवस्थापन तथा महाधिवेशनमा जुट्न थालेका छन् । गत वितेका महिनाहरुमा नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बहस करिब २ महिनासम्म केन्द्रीय समितिले निर्णय गर्न नसक्दा तल्ला तहको संगठन कमजोर भइरहेको थियो ।
केन्द्रमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच निकै लामो रस्साकस्सीपछि नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै कांग्रेसभित्र महाधिवेशनको चटारो सुरु भएको छ । केन्द्रले सार्वजनिक गरेको कार्यतालिका समयसीमाको ख्याल नगरी सुगम क्षेत्रको लागि मात्र हुने गरी गरेको भन्दै हिमाली तथा कर्णालीका दुर्गम जिल्लाबाट कार्यतालिकाका बारेमा असन्तुष्टि व्यक्त गरिरहेको भएता पनि संगठन विस्तारको काममा भने सबै क्षेत्रको कांग्रेस नेताहरु लागिपरेको देखिन्छ ।

नेपाली कांग्रेसको १५औं महाधिवेशन तथा संघीय निर्वाचन फागुन २१ गतेको निर्वाचनलाई लिएर कांग्रेसका नेता तथा कार्यकर्ताबीच आम निर्वाचिनको विषयमा छलफल कार्यक्रमलाई अगाडि बढाएका छन् । जस अनुसार कांग्रेसको केन्द्रीय कार्यालयको परिपत्र अनुसार यही २३ गतेभित्र संघीय निर्वाचन र माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि छुट्टाछुट्टै नाम सिफारिस समेत गर्नु भनी गरेको परिपत्र पहिले भन्दा फरक देखिन्छ ।

जेनजी आन्दोलनको भावना अनुसार कांग्रेसले यसपटक नयाँ र अवसर नपाउनेलाई प्राथमिकता दिएर सिफारिस पठाउन निर्देशन दिएको छ । सोही अनुसार नेपाली कांग्रेस क्षेत्र नं. ९ को क्षेत्रीय सभापति जयकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न छलफल कार्यक्रममा केन्द्रीय सदस्य ध्यान गोविन्द रन्जित र नानु बास्तोला, पुरानै कांग्रेसका नेता एवं प्रतिबन्धित अवस्थाका पश्चिम भेगीय कमाण्डर दामोदार गौतम पूर्व केन्द्रीय सदस्य, किरण गिरी, महासमिति सदस्यहरु धर्मराज गौतम, रिता ढकाल, सुमन श्रेष्ठ, डा. अनिता प्रधान, दिलमाया अधिकारी, सुधा रिजाल, गोमा गुरुङ, रश्मिला मल्ल, शैलेश कर्मचार्यको उपस्थिति रहेको थियो । त्यसैगरी महाधिवेशन प्रतिनिधिहरु लव ढुंगाना, बासु कार्की, आनन्द श्रेष्ठ, शिवजी भट्टराई, रामेश्वर भट्टराई, शुनिल श्रेष्ठ, इन्द्रमान मानन्धरलगायतको उपस्थिति थियो ।
त्यस्तै महानगर कार्यसमितिका उपभापति सन्त महर्जनलगायत महानगरका नेताहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो । क्षेत्रीय उपसभापतिहरु राजेन्द्र प्रसाद भट्टराई, मोहनकुमार बस्नेत, क्षेत्रीय सचिवहरु सन्तोष गिरी, बन्दना थापा, सहसचिव प्रेम गुरुङ कोषाध्यक्ष शर्मिला रन्जित बोहोरा ,सदस्यहरु माधव न्यौपाने, अनिल लामालगायत प्रदेश कार्यसमिति, क्षेत्रीय कार्यसमिति सदस्यहरु नगर कार्यसमिति, वडा कार्यसमिति, निर्वाचित वडाअध्यक्ष, सदस्यहरु शुभचिन्तक, एवं भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति जयकृष्ण महर्जनले देशले अपत्यारिलो राजनैतिक घटनाक्रम व्यहोरिरहेको अवस्थामा पार्टीको महाधिवेशन र फागुन २१ गतेको आम निर्वाचनमा पार्टीभित्रको एकताको बललाई आम जनताबीच पु¥याएर कांग्रेसको संगठन बलियो बनाउन सबै जना आ–आफ्नो स्थानबाट लागि पर्नूपर्ने बताए । त्यसैगरी केन्द्रीय सदस्यद्वयले पनि पार्टिभिको एकतामा जोठ दिए भने पूराना कांग्रेसका नेता दामोदर गौतमले सक्रिय सदस्य वितरणमा ध्यान पु¥याउन सुझाब दिए । बोल्ने वक्ताहरुले पार्टीभित्रको एकतामा जोड दिँदै सदस्यता वितरणमा ध्यान पु¥याउन आग्रह गरे ।









काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...
काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो...