
काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक २०८०फागुन ७ गते देखि १० गतेसम्म तिनदिन ललितपुरको गोदावरीमा संम्पन्न भएको थियो ।
आठ प्रदेशलाई चारवटा समुहमा विभाजन गरि देसभरका महासमिति सदस्यहरुवाट जिल्लागत, क्षेत्रगत र व्यक्तिगत धारणा राख्ने क्रममा करिब ७ सय सहभागिहरुले निति सम्बन्धि धारणाहरु राखेका थिए ।

चारवटा हलमा विभाजित हलहरुमध्ये फुल्चोकी हलको बैठकमा वागमती प्रदेशका सभापति इन्द्र बहादुर बानिया र गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पालैपालो अध्यक्षता गरेका थिए ।
गण्डकी प्रदेशका प्रदेश सभापति शुक्रराज सर्मा र वागमती प्रदेशका सभापति ईन्र्द वहादुर वानियाले महासमिति सदस्यहरुलााइ धारणा राख्न दिने र लिखित प्रस्तावहरु संकलन गर्ने कार्य समेत गरिएको थियो । जसअनुसार पश्चिम भेग स्थित काठमाडौं क्षेत्र नं. ९ क्षेत्रीय समितिले नैा वुदे प्रस्ताव महासमिति वैठकमा मैखिक तथा लिखित समेत पेस गरेको थियो । जसअनुसार वर्तमान राजनैतिक अवस्था आउन सक्छ भन्नेकुराहरु त्यतिवेला देखिनै क्षेत्र नम्वर नैा ले पार्टिलाई सचेत गराउदै नआएको हैन तथापी महासमिति वैठकमा पेश भएका प्रस्तावहरु पार्टिले कार्यन्वयन गर्न नसक्दा पार्टिको सँगठन कमजोर हुँदै गयो भने अर्को तर्फ भाद्र २३/२४ निम्तियो ।यधपी केन्दिय समितिले गरेका कतिपय निर्णयहरु पनि कार्यान्वयन समेत नगर्दा पार्टिभित्र असन्तुष्टि वढ्दै जादा महाअधिवेशन समेत अन्योलताको भुमरी वाट गुज्रिरहेको छ ।
करिव दुई वर्ष अगाडीदेखि पार्टिमा क्षेत्रगततहवाट गएका सुझावलाई केन्दिय समितिले आत्मसात गर्नसकेको भए मुलुकको राजनैतिक अवस्था संविधान भन्दा बाहिर जाने थिएन । ।जेनजी आन्दोलनले उठाएको मुद्धा भन्दापनि गुट उपगुटका कारण फागुन २१ गते हुने सघीय निर्वाचनका लागि टिकट सिफारिसमा उहीँ पुराना नेता तथा गुट केन्दितहरुकै हावि हुदा दुई वर्ष अगाडि नेपाली काङ्ग्रेस क्षेत्र नँ ९ का सभापति जयकृष्ण महर्जनले विभिन्न वैाध्दिकवर्ग , पेशागत सँगसगँठन, पत्रकार , राजनैतिक व्यक्तिवाट सँकलित सुझावहरु महासमिति सदस्यहरुले महासमिति वैठकमै पेश गरेका थिए ।

नेपाली कांग्रेस क्षेत्र नंं.९ क्षेत्रीय समितिका सभापति जय कृष्ण महर्जन संमयोजक रहेको प्रस्ताव समितिका सदस्य रिता(ढकाल) दवाडीले नौं बुंदे प्रस्ताव महासमिति वैटकमै पेश गर्दै संविधानले निर्दिष्ट गरेको ३३ प्रतिशत महिला राज्यको हरेक राजनैतिक क्षेत्रको नेतृत्वमा पु¥याउनु पर्ने बाध्यकारी नियम नेपाली कांग्रेस ले लागु गर्नुपर्ने, ७७ जिल्लामध्ये कुनैपनि जिल्लामा नेपाली कांग्रेसको जिल्ला सभापतिको नेतृत्वमा महिलालाई पर्याउनु पर्ने, कांग्रेसका युवा पिढींलाई नेतृत्वमा लेराउनु पर्ने लगायत गठबन्धनको नाममा अन्य दलको चिन्हमा मतदान गर्न बाध्य पारीएकोले आफ्नै छोराछोरीलाई पनि रुख चिन्हमा मत हाल्ने वातावरण वनाउन आग्रह गरेकि थिइन ।
त्यसैगरी नेताहरुले सधैभरि कार्यकर्ताको जुत्ता फटाए अब नेताहरुको जुत्ता फाट्नुपर्छ कुर्कुच्चा दुख्नुपर्छ नेताहरु कार्यकर्ताको घरदैलोमा पुग्नुपर्छ गणेश प्रबृत्तिको अन्तहुने निति बन्नुपर्छ भन्दै ९ बुदें प्रस्ताव पेश गरेकि थिइन ।
उक्त महासमिति वैठकमा काठमाडौं क्षेत्र नं.९ बाट धारणा राख्ने महिला नेतृहरुमा रिता (ढकाल) दवाडी ,अनिता प्रधान, सुधा रिजाल, दिलमाया अधिकारी , धर्मराज गैातम , किरण गिरि लगायत रहेका थिए ।
काठमाडौं क्षेत्र नं. ९ ले ११ महासमिति सदस्यहरु मध्ये ४ पुरुष, ७ महिला महासमितिको नेतृत्वमा पठाएकोले महासमिति वैठकमा महिला महासमिति सदस्य हरुले पालैपलो उक्त प्रस्ताव पेस गरेका थिए । ९ बुँदे प्रस्तावहरुमा
१. नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन पार्टीको निर्वाचन संरचनामा सभापतिहुँदै पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको चयनगर्दा पार्टीको सबैभन्दा तलको सांगठानिक इकाई वुथ समितिबाटै निर्वाचित हुनुपर्ने ,
२.समानुपातिक निर्वाचन प्रणाली खारेज गर्दै समावेसी प्रतिनिधित्व निर्वाचनको प्रतिष्पर्धाबाटै सुनिस्चित गर्नुपर्ने र निर्वाचन प्रणालीको सुधार गर्न कांग्रेसले नै नेतृत्व लिएर सविधान सँसोधन प्रस्ताव लैजानु पर्ने, समानुपातिक प्रणालीबाट प्रतिनिधिहरुको छनोट हुँदा तोकिएको क्लस्टरबाट एकै प्रकारका व्यक्तिहरुले अवसर पाईरहने र त्यस्ता व्यक्तिको छनोट व्यक्तिगत सम्वन्धको आधारमा भैरहँदा हरेक दलभित्र असन्तुष्टि बढ्दै गएको अवस्थाको अन्त हुनुपर्ने,
३.लोकतन्त्रको स्थायीत्वको लागि वलियो प्रतिपक्ष, सामाजिक न्यायको लागि निष्पक्ष न्यायालय, मानवअधिकार जस्ता सँस्थाको सँस्थागत विकास लागि विपीले प्रतिवादन गर्नुभएको नागरिकका आधारभूत तथा मौलिक हकहरु प्रेस तथा वाकस्वतन्त्रता मैत्री कानुन वनाउन तत्काल सरकारलाई निर्देस गर्नुपर्ने
४. पार्टीलाई चलायमान वनाउन आन्तरिक एकता र आत्मियता सुदृढ गर्न नेताहरुको गुटवन्दी, टिकट वितरणको अपारदर्शी व्यवस्था अन्त्य भएको घोषणा गर्दै पार्टीका विभाग तथा प्रतिष्ठान वा समितिहरु, भातृ तथा शुभेच्छुक सँघसँस्थालाई उर्जाशिल र गतिशिल वनाउन महासमिति सम्पन्नभएको १५ दिनभित्रै निकायलाई पूर्णता प्रदान गर्दै भातृ सँघ सँस्थाका महाअधिवेसनहरु एक वर्ष भित्र सम्पन्न गररिसक्नु पर्ने ,
५. मुलुकको अर्थतन्त्र सुधारकालागि भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न दोषी देखिएका जुनसुकै उच्चपदस्त व्यक्तिमाथि कारबाही चलाउनु पर्ने , पार्टीको नेतृत्ववर्ग लाभको पदमा जानुअघि र पछि सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था तत्काल लागू गर्नुपर्ने, स्थानीय, प्रदेस र संघीय सरकारमा जानेहरुले जनताको सरोकार र विकास निर्माणमा विषेश ध्यान केन्द्रितगर्न पार्टीको सम्वन्धीत कार्य समितिसँग अनिवार्य सहकार्य गर्नुपर्ने,
६. नेपाली कांग्रेसको विधान बमोजिम स्थानीयतह, प्रदेश र संघीय संसदको उम्मेदवार हुनेहरुको नाम छनोट गर्दा व्यवस्थित र पारदर्शी वनाउँदै कारणसहित जवाफदेहिता बहन गर्दै प्रतिसप्रर्दा वाट गर्नुपर्ने, तल्लोतहका कार्यसमितिले गरेको सिफारिस बमोजिम माथिल्लो निकायले निर्णय गर्नुपर्ने, निर्णय गर्ने अधिकार पाएका कार्यसमिति आफ्नो कर्तव्य अनिवार्य पुरा गर्नुपर्ने र केन्द्रले हस्तक्षेप गर्न नहुने,
७.महासमिति बैठकले १५औं महाअधिवेसनको सुनिश्चितता गर्दै महाअधिवेशन, महासमितिका सदस्यहरुको कार्य विभाजन, जिम्मेवारी बहन गर्ने पार्टीको वडासमिति, नगरसमिति , क्षेत्रिय समिति र जिल्ला कार्यसमितिहरुलाई तत्काल पूर्णता दिएर नियमित वैठक वस्ने र सो को निरिक्षण माथिल्लो निकायले गर्नेगरि मतदातासँग सरोकार राख्ने विषयका कार्यक्रम वनाउनु पर्ने ,
८. पार्टीका पुराना, अनुभवी, इमान्दार कार्यकर्ता, विभिन्न पेशा, वर्ग र क्षेत्रका शुभेच्छुक विशेषज्ञ, वौद्धिक तथा संचार क्षेत्रका व्यक्तिहरुको खोजी र पहिचान गरी सम्मान गर्न बुथ समितिदेखि केन्द्रसम्म त्यस्ता व्यक्ति को पहिचान गर्नु पर्ने ,
९. पार्टीको सदस्यता सधै खुला राख्ने तर सक्रिय सदस्यता प्राप्तगर्न न्युनतम योग्यता र पाँचवर्ष साधारण सदस्यता प्राप्त गरिसकेको हुनुपर्ने प्रावधान तत्काल लागुगर्ने, लगायतका प्रस्ताव आज झन समयसान्दर्भिक वन्दै गएको छ ।

नेपाली कांग्रेसको २०८० फागुन ७ देखि १० गते सम्म गोदावरीमा महासमितिको बैठक (नीति महाधिवेशन)का लागि नेपाली कांग्रेस क्षेत्र नं.९ क्षेत्रीय समिति काठमाडौंले पाँच सदस्य समितिमा संयोजक क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महासमिति सदस्यहरु रिता (ढकाल) दवाडी, सुमन श्रेष्ठ , धर्मराज गौतम र अमिता प्रधान रहेको प्रस्ताव समिति निर्माण गरेको थियो ।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...