
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका अगुवा सुदन गुरुङबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटवार्ताको क्रममा गुरुङले सरकार र जेनजीबीच भएको सम्झौता प्रगतिबारे चासो राखेका थिए । जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउन प्रधामन्त्रीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले भने सम्झौता कार्यान्वयनका लागि राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्ने बताएकी थिइन् ।
भेटवार्ताकै क्रममा गुरुङले जेनजी आन्दोलनकर्मीमाथि किन धरपकट भइरहेको छ ? भनेर प्रश्न गरेका थिए । उनको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएको स्रोतले बतायो ।
गुरुङले युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरेका थिए ।
काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...
काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...