
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पुन पदबहाली गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनले बुधबार बिहान प्राधिकरणमा पुगेर पदबहाली गरेका हुन् ।
सोमबार सर्वोच्च अदालतले उनको प्राधिकरणमा पुनर्बहाली हुने परमादेश जारी गरेको थियो ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।
काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...
काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...