भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट

काठमाडौं : नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर मंगलबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त भए ।

मंगलबार मात्र काठमाडौं ओर्लिएका महावरले एकैदिन अन्तरिम सरकार प्रमुखदेखि परराष्ट्र सचिवसमेतसँग भेट गरेका छन् । उनले अन्तरिम सरकार प्रमुख सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदिश खरेल र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग भेटेर द्विपक्षीय हितका विषयमा कुराकानी गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

591673890_1158036893

भेटका क्रममा नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथमिकताका सम्बन्धमा छलफल भएको थियो ।

भेटमा नेपालका तर्फबाट वर्तमान परिस्थितिका साथै सरकारले तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको जानकारी गराइएको थियो ।

592246342_7366760694

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले भेटमा नेपाल र भारतबीचको सम्बन्ध, नेपालमा भारत सरकारका तर्फबाट सूचना प्रविधिको क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

अतिरिक्त सचिव महावीरले नेपालमा भारत सरकारले निरन्तर सहयोग गर्दै आइरहेको तथा भारत सरकार नेपालले तय गरेको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको जानकारी गराएका थिए ।

594398617_1506942350

597313472_1524680838

597772577_8407102619

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८२ मंसिर २४, १३: ५६

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ मंसिर २४, १३: ५६

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ मंसिर २४, १३: ५६

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...