
काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फबाट नेता प्रकाशमान सिंहसँगै युवा नेता बाबुराम आचार्यको पनि नाम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ सिफारिस गरेको छ ।
विगत चार पटकसम्म उक्त क्षेत्रबाट निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका नेता निवर्तमान उपप्रधान तथा शहरी विकासमन्त्री सिंहसँगै युवा नेता बाबुराम आचार्य, आदर्शविक्रम कार्की र मोहनकुमार राईको नाम पनि सिफारिस सूचीमा परेका छन् । समानुपातिकतर्फ विद्यार्थी नेता अन्जान लामा, सुनिता श्रेष्ठ र शारदा लामाको नाम समेत समावेश गरिएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं.१ का सभापति रविन्द्र विक्रम राणाले प्रत्यक्ष निर्वाचन प्रणाली, राष्ट्रिय सभा र समानुपातीकमा बिभिन्न व्यक्तीहरुको नाम सिफारिस गरेका हुन् ।
चर्चित कांग्रेसका युवा नेता बाबुराम आचार्य विगत लामो समयदेखि लोकतान्त्रिक मूल्य मान्यता राख्दै विभिन्न सामाजिक कार्यमा कार्यरत छन् । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिसमा परेका आचार्यले सामाजिक कार्यहरु गरेकाले पनि राजनीतिक र सामाजिक क्षेत्रमा परिचित छन् ।
जेनजी पुस्तासँग पनि राम्रो सम्बन्ध राखेका युवा नेता आचार्य पार्टीभित्र सबैलाई मिलाएर लाने, जस्तोसुकै परिस्थितिमा पनि लड्न भिड्न सक्ने, द्वन्द्व कालमा पनि माओवादीले धेरै नै यातना दिएको, लोकतन्त्रका लागि प्रतिबद्ध विकासप्रेमी नेपाली काँग्रेसको युवा नेतालाई नेपाली काँग्रेसले प्रतिनिधि सभाका लागि टिकट सिफारिस गरेर युवा पुस्ताको नेतृत्व गराउन खोजेको देखिन्छ ।
अधिकाँस राजनीतिक दलका नेताहरुले शिक्षा स्वास्थ्य निशुल्क गर्न नसकिने बताउँदा शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने र मुलुक विकासको पहिलो काम नै शिक्षा स्वास्थ्य निःशुल्क गर्नुपर्ने दावी गर्दछन् ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केहीबेरमा सुरु हुँदैछ...
काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा आज बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।...
काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो...