एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आज – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आज


काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि उम्मेदवारी दर्ता गरिँदै छ।

दोस्रो दिनको बन्दसत्र अहिले बिहान ८ बजे सुरु गरिने एमालेले जनाएको छ।

निर्वाचन तालिकाअनुसार आइतबार साँझ प्रकाशित मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधका लागि समय तोकिएको छ।

निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंगलबार मतदान गर्ने तयारी छ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानबिन बिहान १० बजेसम्म सक्ने योजना छ।

अनि बिहान १०.१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दै छ।

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २.३० बजे हुनेछ।

उम्मेदवारका विरुद्ध उजुरी दिने समय दिउँसो २.३० बजेदेखि आधा घण्टा राखिएको छ।

उम्मेदवारविरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८२ मंसिर २९, ०७: ५७

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ मंसिर २९, ०७: ५७

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ मंसिर २९, ०७: ५७

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...