एनआरएनएको १२औं महाधिवेशन फागुन दोस्रो साता – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

एनआरएनएको १२औं महाधिवेशन फागुन दोस्रो साता

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ ।

विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले एनआरएनएको १२औं एकता महाधिवेशन फागुन १३ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

संघका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति जारी गरी ‘स्टेरिङ कमिटी’ले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको जानकारी दिनुभयो । उक्त बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै सांगठनिक एकता र आन्तरिक व्यवस्थापनका लागि विभिन्न निर्णयसमेत गरेको छ ।

बैठकले राष्ट्रिय समन्वय समिति (एनसिसी) बिचको एकतालाई निष्कर्षमा पुर्‍याउन गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसिसी एकता समिति’ गठन गरेको छ । उक्त समितिको सहसंयोजकमा टीका गुरुङ र सदस्यमा शनि ओली, नारायण काफ्ले र चिरञ्जीवी खड्का छन ।

संघले एनआरएनएको एकताको सन्देश विश्वभरका नेपालीमाझ पुर्‍याउन क्षेत्रीयस्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रम गर्ने भएको छ । संघले १२औं महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर छरिएका गैरआवासीय नेपाली समुदाय, राष्ट्रिय समन्वय परिषदहरू र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि अपिल गरेको छ ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८२ मंसिर २९, १३: २४

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ मंसिर २९, १३: २४

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ मंसिर २९, १३: २४

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...