शुक्रबार थपिए काेराेनाका सबैभन्दा धेरै संक्रमित, मृतककाे संख्या हालसम्मकै उच्च – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

शुक्रबार थपिए काेराेनाका सबैभन्दा धेरै संक्रमित, मृतककाे संख्या हालसम्मकै उच्च


नयाँ विकल्प,


काठमाडाैं – शुक्रबार देशभर अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १३ सय ५९ जना कोरोनाका संक्रमित फेला परेका हुन् ।

संक्रमित मध्ये थप १४ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेकाे संख्या पनि हाल सम्मकै उच्च हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यसघि बिहीबार एकै दिन १२ सय २८ जना कोरोना संक्रमित थपिएका थिए । याे संगै संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। कोरोनाबाट निको हुनेको संख्या २५ हजार ५सय ६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ६सय ३८ जनाको पिसिआर परीक्षण गरिएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ भाद्र १९, १६: ५४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ भाद्र १९, १६: ५४

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ भाद्र १९, १६: ५४

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...