इसराेद्वरा अहिलेसम्मकै ठुलो व्यावसायिक उपग्रह सफलतापूर्वक प्रक्षेपण – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

इसराेद्वरा अहिलेसम्मकै ठुलो व्यावसायिक उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी : भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले अहिलेसम्मकै ठुलो व्यावसायिक उपग्रह प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट बिहान ८ बजेर ५५ मिनेटमा प्रक्षेपण गरेको एलभीएम ३–एम ६ मिशनले अमेरिकाको ब्लु बर्ड ब्लक–२ उपग्रहलाई सफलतापूर्वक कक्षमा पुर्‍याएको हो ।

साढे ४३ मिटर अग्लो रकेटले ६ हजार १ सय किलो तौल भएको उपग्रहलाई १५ मिनेटको उडानपछि झन्डै ५ सय २० किलोमिटरको उचाइमा सफलतापूर्वक स्थापित गरेको छ । यो भारतीय भूमिबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा गह्रुँगाे उपग्रह हो ।

अमेरिकी कम्पनी एएसटी स्पेस मोबाइलको यो उपग्रह सामान्य मोबाइल फोनमा सीधै उपग्रहमार्फत सेवा उपलब्ध गराउन डिजाइन गरिएको हो । यसमा झन्डै २ हजार ४ सय वर्ग फिट क्षेत्रफल भएको एन्टेना जडान गरिएको छ । यो अहिलेसम्म लो अर्थ अर्बिटमा राखिएको सबैभन्दा ठूलो एन्टेना हो ।

यस उपग्रहले विश्वभर फोर–जी र फाइभ–जी भ्वाइस तथा भिडियो कल, मेसेजिङ र डाटा सेवा प्रदान गर्ने छ ।

सम्बन्धित समाचार

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ पुष १०, १५: ३३

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ पुष १०, १५: ३३

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...

कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
  • २०८२ पुष १०, १५: ३३

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...