स्वीस बारमा आगलागी: ४० जनाको मृत्यु, ११५ जना घाइते – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

स्वीस बारमा आगलागी: ४० जनाको मृत्यु, ११५ जना घाइते

काठमाडौँ । नयाँ वर्षको पूर्वसन्ध्यामा स्विट्जरल्याण्डको एक बारमा भएको विस्फोटपछिको आगलागीमा करिब ४० जनाको मृत्यु र ११५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै घाइतेमध्ये ६० जनाको सायन अस्पतालमा उपचार भइरहेको र बाँकीलाई अन्य अस्पतालमा भर्ना गरिएको जनाएको छ। अधिकारीहरूका अनुसार घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ।

भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो निभाउन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र १५० आपतकालीन उद्धारकर्मी खटाइएका थिए । मृतक र घाइतेको ठ्याक्कै संख्या अझै पनि यकिन हुनसकिरहेको छैन । यद्यपि कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ

स्वीजरल्याण्डका राष्ट्रपतिले यस घटनालाई देशले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो त्रासदीहरू मध्ये एक भनेका छन् । आगलागीको कारण अझै पुष्टि भएको छैन । प्रहरीले यो घटना आतंकवादी घटना नभएको स्पष्ट गरेको छ ।  तर महान्यायाधिवक्ता बीट्रिस पिलोदले पत्रकारहरूको प्रश्नमा ती दाबीहरूलाई अस्वीकार गर्दै अनुसन्धान जारी रहेको बताएका छन्।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८२ पुष १८, १३: ५४

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ पुष १८, १३: ५४

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

दुर्गा प्रसाईं पक्राउ
दुर्गा प्रसाईं पक्राउ
  • २०८२ पुष १८, १३: ५४

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले पोखराबाट...