विशेष महाधिवेशन सहमतिमा बोलाउन डा. कोइरालाको जोड – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper
आगामी चुनावमा गठबन्धन गर्दा पार्टीलाई क्षति हुने

विशेष महाधिवेशन सहमतिमा बोलाउन डा. कोइरालाको जोड

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतीको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नु पर्ने बताएका छन् । उनले भने, अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।

मंगलबार बिहान उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । उक्त भेटघाटमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले बिशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसमा लागिपरेको समेत बताए ।

उनले फरक प्रशंगमा भने, नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुइ चार सिट बढी आउँला तर समानुपातिकमा मत घट्ने र कांग्रेसलाई दीर्घकालिन हानी हुने बताए । आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनावमा जानुपर्ने कुरामा आफू स्पष्ट भएको बताए ।

उक्त भेटमा ३० जना केन्द्रीय सदस्यहरुको समूहको तर्फबाट बोल्दै केन्द्रीय सदस्य पुष्पा भुषालले हामीहरु पार्टीभित्र देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरुसँग भेट गरिरहेको बताइन् । उनले आफूहरु कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएकोले समाधानका लागि सबैसँग छलफल र पार्टी थप क्षति हुन नदिन लागिपरेको बताइन । उनले मध्यमार्गी बाटो पहिल्याउन डां शेखर कोइरालालाई आग्रह समेत गरेकी छन् ।

अधिकांश केन्द्रीय सदस्यहरुले बिशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानु पर्ने जोड दिएका थिए । पार्टीको संस्थापन र बिशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरमा विवादमा फस्दै गएको उपस्थित केन्द्रीय सदस्यहरुले बताए । उनले दुबैपक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउने डा. शेखर कोइरालालाई सामूहिक आग्रह गरेकी थिइन् ।

छलफलमा केन्द्रीय सदस्यहरू – चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, राजन केसी, उदय शम्शेर राणा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना
समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना
  • २०८२ पुष २२, १३: ०१

काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मतगणना भएको छ । निर्वाचन आयोगले...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ पुष २२, १३: ०१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट
  • २०८२ पुष २२, १३: ०१

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको...