विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वय गगन-विश्वको आह्वान – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वय गगन-विश्वको आह्वान

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक रूपमा आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशन कानुनी र राजनीतिक दुवै दृष्टिले अपरिहार्य तथा बाध्यकारी भइसकेको बताएका हुन् ।

महामन्त्रीद्वयले महाधिवेशन प्रतिनिधिहरूले उठाएको विशेष महाधिवेशनको मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै हस्ताक्षरकर्ता प्रतिनिधिहरूको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार भएको स्पष्ट पारेका छन् । विधानअनुसार बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु र जिम्मेवारीअनुसार काम नगर्नु पार्टी विधान तथा राजनीतिक दलसम्बन्धी कानूनविपरीत हुने उनीहरूको भनाइ छ ।

वक्तव्यमा भनिएको छ, “विधान र कानुन बमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य हो । लोकतान्त्रिक पार्टीका जिम्मेवार पदाधिकारीको रूपमा यो हाम्रो वैधानिक तथा नैतिक दायित्व हो । हामी त्यो जिम्मेवारी पूरा गर्छौं र गर्नेछौं ।”

नेपाली कांग्रेसको विधानको धारा ३(१२), धारा २७(१) तथा धारा १७(२) लाई आत्मसात् गर्दै मिति २०८२ पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।

विशेष महाधिवेशनलाई “बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि” भन्दै महामन्त्रीद्वयले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरू कटिबद्ध र प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनीहरूको भनाइमा विशेष महाधिवेशन अब कानुनी र राजनीतिक रूपमा अपरिहार्य भइसकेको छ । यद्यपि, संस्थापन पक्षले भने विशेष महाधिवेशनमा सहभागी नहुन पार्टी पङ्क्तिलाई निर्देशन दिइसकेको जनाइएको छ ।

12

13

सम्बन्धित समाचार

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ पुष २३, १९: ३०

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...

कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
कांग्रेसले टुंग्यायो विचिन्न जिल्लाको टिकट (सूचीसहित)
  • २०८२ पुष २३, १९: ३०

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले ३२ क्षेत्रका लागि उम्मेदवारको...

कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)
कांग्रेसबाट हालसम्म क-कसले पाए टिकट ? (सूचीसहित)
  • २०८२ पुष २३, १९: ३०

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ । सभापति गगन थापाले कर्णाली, सुदूरपश्चिमलगायतका टाढाका जिल्लाका लागि उम्मेदवारको...