
काठमाडौं : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या ७० प्रतिशत पुर्याउने दाबी गरेका छन् ।
सोमबार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरुले यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आइतबार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमबार ६.२४ प्रतिशतले बढेको बताए ।
संस्थापन पक्ष विधानले नचिन्ने भन्दै पार्टीका नेताहरुलाई बन्दसत्रमा सहभागी हुन आह्वान गरे । उनले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरुको संख्या ७० प्रतिशत पुर्याएर देखाइदिने बताए । मंगलबार नेतृत्व चयनका लागि बन्दसत्र सुरु हुने पनि उनले जानकारी दिए ।
उनले भने, ‘हिजो हाम्रो संख्या भन्दा आज ६.२४ प्रतिशतले बढेको छ । हिजो २ हजार ६ सय ६२ थियो । त्यसमा ६.२४ बढ्दा ६३ प्रतिशत भन्दा बढीले हस्ताक्षर गर्नुभएको छ । कोही आउने क्रम जारी छ । संस्थापन हाम्रो विधानले चिन्दैन । पार्टीका नेताहरुलाई आग्रह गर्दछुः ६६ प्रतिशत भन्ने सुनियो, हामी सत्तरी पुर्याएर देखाइदिन्छौँ । भोलि हाम्रो ९ बजे बन्दसत्र सुरु हुन्छ । ९ वटा ग्रुपहरु रहनुभएको छ । कोशी प्रदेशले रिपोर्ट बुझाउनुभएको छ । भोलि निर्वाचन सुरु हुन्छ ।’
मंगलबार निर्वाचन, अनुशासन, केन्द्रीय समिति लगायतका समितिहरु भंग गर्ने बताए ।
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...