कांग्रेस विशेष महाधिवेशन : नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुने – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

कांग्रेस विशेष महाधिवेशन : नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुने

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज काठमाडौंको भृकुटीमण्डपमा मतदान हुने भएको छ। पार्टी विधान, नियमावली तथा विशेष महाधिवेशनसम्बन्धी कार्यविधि र निर्वाचन निर्देशिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

विशेष महाधिवेशनमार्फत निर्वाचित हुने केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न मंगलबार बिहान केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम के.सी.को अध्यक्षतामा काठमाडौंस्थित निर्वाचन समितिको कार्यालयमा बैठक बसेको थियो। सो बैठकले सम्पूर्ण निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै औपचारिक रूपमा निर्वाचन प्रक्रिया सुरु गरेको हो।

निर्वाचन समितिका अनुसार भृकुटीमण्डपमा आज दिनभर प्रतिनिधिहरूको मतदान प्रक्रिया सञ्चालन हुनेछ। महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व चयन गर्ने भएकाले यो निर्वाचनलाई कांग्रेसभित्रको शक्ति सन्तुलन र भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

विशेष महाधिवेशन पार्टीभित्र देखिएको संगठनात्मक र नेतृत्वसम्बन्धी विवाद समाधान गर्ने उद्देश्यसहित आयोजना गरिएको हो। यसैक्रममा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएपछि कांग्रेसले १५औँ महाधिवेशनतर्फ जाने प्रक्रिया थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको निर्वाचन समितिले जनाएको छ। भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदानस्थल र गणनास्थलमा आवश्यक प्राविधिक तथा प्रशासनिक संयन्त्र परिचालन गरिएको छ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ पुष २९, १२: ४१

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ पुष २९, १२: ४१

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ पुष २९, १२: ४१

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...