सुर्तीजन्य पदार्थले हजारौंको अकालमा मृत्यु – Naya Bikalpa
February 6, 2025, Thursday

सुर्तीजन्य पदार्थले हजारौंको अकालमा मृत्यु

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थको कारण प्रत्येक वर्ष हजारौं मानिसहरुले अकालमा ज्यान जाने गरेको छ । राजधानीमा क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुछ«े बैंक लि. को सहकार्यमा सञ्चालित अन्तरक्रियात्मक तथा जनचेतनामुलक कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् ।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सुर्तीजन्य पदार्थको कारण मुटु, क्यान्सर, दम लगायत विभिन्न रोगहरुबाट मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको बताए । उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालय स्तरबाट जोड दिन पर्ने बताए । विद्यालय स्तरका बालबालिका वातावरणको प्रभाव, जनचेतनाको अभाव र उचित हेरचाहको अभावले गर्दा विशेष गरेर शहरका बालबालिकाहरु सुर्तीजन्य पदार्थबाट प्रभावित भएकोमा उनले चिन्त व्यक्त गरे ।

सुर्तीजन्य पदार्थको रोकथामको लागि व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र सुर्तीजन्य पदार्थ विरुद्धको ऐन कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । त्यस्तै क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको रोकथाम गर्न सक्यो भने प्रत्येक वर्ष हजारौं मानिसलाई अकालबाट ज्यान बचाउन सक्ने कुरा व्यक्त गरे । डा. पौडेलका अनुसार नेपालमा दिन प्रति दिन सुर्तीजन्य पदार्थको उपभोग बढ्नु दुःखद भएको बताए । सुरुको अवस्थामा रोगको पहिचान गर्न सकेमा क्यान्सर रोग निको पार्न सक्ने र उपचार खर्चमा पनि कमि आउने पौडेलले बताए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु र अन्य कर्मचारीहरु सहभागी भएका थिए ।

सम्बन्धित समाचार

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक : प्रधानमन्त्री
निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक : प्रधानमन्त्री
  • २०७४ माघ १५, १०: ००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका लागि माटो र पानी पनि निरोगी हुनुपर्ने बताए  । मंगलबार विश्व क्यान्सर दिवसको...

१० देखि १४ वर्षका किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी खोप’ लगाइँदै
१० देखि १४ वर्षका किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी खोप’ लगाइँदै
  • २०७४ माघ १५, १०: ००

काठमाडौं । आज विश्व क्यान्सर दिवस ।यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क...

…यो अधिवेशनमा विवादभन्दा संवादमा जाऊँ र जनताका आवश्यकता पूरा गर्न सरकारलाई झकझकाऔँ
…यो अधिवेशनमा विवादभन्दा संवादमा जाऊँ र जनताका आवश्यकता पूरा गर्न सरकारलाई झकझकाऔँ
  • २०७४ माघ १५, १०: ००

१. संघीय संसदका दुवै सदनका बैठक २०८१ माघ १८ गते सुरु भएका छन् । २०७९सालको आम निर्वाचन पछिको पाँचौँ अधिवेशन...