मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर होइन, सही मान्छेहरू आउँछन् भनेर घन्टीमा भोट हाल्नुस् : बालेन – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

मधेशीको छोरा प्रधानमन्त्री बन्छ भनेर होइन, सही मान्छेहरू आउँछन् भनेर घन्टीमा भोट हाल्नुस् : बालेन

जनकपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफू करिब चार वर्ष काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि जनताका गम्भीर समस्या समाधान गर्न नसकेर ‘मुकदर्शक’ बन्नुपरेको बताएका छन् ।

सोमबार जनकपुरमा आयोजित रास्वपाको घोषणा सभालाई मैथली भाषामा सम्बोधन गर्दै उनले माइतीघर मण्डलामा भएका उखु किसानदेखि मिटरब्याज पीडितसम्मका आन्दोलनमा प्रत्यक्ष सहयोग गर्न नसकेको स्वीकार गरे ।

‘म करिब चार वर्ष काठमाडौंको मेयरको रुपमा बसें । दैनिक माइतीघर मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । तर हामी मुकदर्शक भएर बस्नुपरेको थियो,’ उनले भने ।

मेयरको हैसियतमा धेरै गर्न नसकेको स्वीकार गर्दै बालेनले अब संघीय सरकारमा पुगेर परिवर्तन गरेर देखाउने दाबी गरे । ‘काठमाडौंको मेयरको रुपमा धेरै गर्न सकिनँ । तर काठमाडौंमै रहेर ३५ पालिकामा एम्बुलेन्स पुर्‍याउन सकें । संघ सरकारमा गएँ भने कति गर्न सकिएला ?’ भन्दै उनले प्रश्न गरे ।

उनले मधेशको छोरा प्रधानमन्त्री बन्ने कारणले मात्र नभई सही मान्छेहरू नेतृत्वमा आउने भएकाले घन्टीमा भोट हाल्न आग्रह गरे । ‘मधेशीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर घन्टीमा भोट हाल्ने होइन । सही मान्छे आउनेवाला छन्, सही समय आउनेवाला छ, सही सरकार आउनेवाला छ, त्यसैले घन्टीमा भोट हाल्नुस्,’ उनले भने ।

आफ्नो पहिलो राजनीतिक सभामा मैथिली भाषामा सम्बोधन गर्दै बालेनले प्रदेशलाई बलियो बनाउनुपर्नेमा जोड दिए । ‘काठमाडौंमा अधिकार माग्न होइन, घुम्न जानुपर्ने अवस्था बनाउनुपर्छ। प्रदेश बलियो बन्यो भने मात्रै देश बलियो हुन्छ,’ उनले भने ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ माघ ५, १६: ३८

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८२ माघ ५, १६: ३८

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८२ माघ ५, १६: ३८

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...