काठमाडौं क्षेत्र नं. ९ मा बास्तोलाको समर्थनमा जुटे मतदाता – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

काठमाडौं क्षेत्र नं. ९ मा बास्तोलाको समर्थनमा जुटे मतदाता

काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ बाट नेपाली कांग्रेसको प्रत्यासी उम्मेदवार महिला नेता नानु बास्तोला यतिबेला घरघरमा आफ्नो पक्षमा मत माग्न घरदैलोमा पुगेकी छिन् ।

काठमाडौं क्षेत्र नं. ९ को भौगोलिक क्षेत्र काठमाडौं महानगरपालिकाको १२, १४ र २१, २२ त्यसैगरी चन्द्रागिरि नगरपालिकाको वडा नं. १ दहचोक, वडा नं. १२ बलम्बु, वडा नं. १३ पुरानो नैकाप, वडा नं. १४ नयाँ नैकाप, वडा नं. १५ तिनथानादेखि नागार्जुन नगरपालिको वडा ६ रामकोट, वडा नं. ८ भिमढुंगा, वडा नं. ७ गोतामथोक, स्युचाटार, वडा नं. ९ भट्टराई गाउँ, वडा नं. १० लामिछाने, खड्का गाउँसम्म क्षेत्र विस्तार रहेको क्षेत्रमा यतिबेला कांग्रेसका नेता कार्यकर्तादेखि शुभचिन्तकसम्मलाई निर्वाचनले झक्झक्याएको छ ।

उक्त क्षेत्रमा उम्मेदवार रहेकी नानु बास्तोला महानगरका वडादेखि गाउँ क्षेत्रका वडासम्मका घरदैलो पुगिरहँदा जनसमर्थन बढ्दै गएको छ । महानगरका वडाहरुमा बास्तोलालाई घरघरबाट स्वागत गरिरहेका छन् भने गाउँ क्षेत्रमा पनि स्वागत गर्ने र सगुन ख्वाउने कार्यक्रमले चुनावी रौनक बढेको देखिन्छ । हालसम्म १४ वडाहरुमध्ये अधिकांश वडामा बास्तोलाको जनसमर्थनमा अन्य पार्टीका कार्यकर्तादेखि सामान्य नागरिकले समेत बास्तोलालाई समर्थन गर्दै गएकोले जित नजिक पुगेको नेपाली कांग्रेसका क्षेत्र नं. ९ का सभापति जयकृष्ण महर्जन बताउँछन् ।

नेपाली राजनीति र सामाजिक क्षेत्रमा बिगत २५ वर्षदेखि क्रियाशील र बिगत ५ वर्षदेखि नेपाली काँग्रेसको केन्द्रिय सदस्यको रुपमा सक्रिय नानु बास्तोला काठमाडौँ क्षेत्र न ९ मा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचन २०८२ को उम्मेदवार रहेकी छिन् ।

नेपाली कांग्रेसको राजनीतिक जीवनमा ताहाचल क्याम्पस, विश्वभाषा क्याम्पस र त्रिभुवन बिश्वबिधालय क्याम्पसमा नेपाल बिद्यार्थी संघको विभिन्न तहमा रहेर काम गर्दै नेपाल विधार्थी संघको केन्द्रिय समितिमा दुई पटक निर्वाचित सदस्य, नेपाल महिला संघको केन्द्रिय सदस्य हुदै राष्ट्रिय राजनीतिमा सक्रिय बास्तोलाले युवाका मुद्दाहरु र लैंगिक समबेसिताको मुद्दाहरुमा निरन्तर पैरवी गरिरहेकी छिन् । नेपाली काँग्रेसको केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य भई राष्ट्रिय तथा अन्तर्रास्ट्रिय प्रशिक्षकको रुपमा भूमिका निर्वाह गर्दै नेपाली काँग्रेसको १४औं महाधिबेसनबाट निर्वाचित केन्द्रिय सदस्यले स्थानीय तह २०७९, इलाम र बझांग जिल्लाको उपनिर्वाचन, स्थानीय तह उपनिर्वाचन २०८१ मा सचिवालय संयोजक भइ निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

बास्तोला हालै सम्पन्न नेपाली काँग्रेसको विषेश महाधिबेसनबाट केन्द्रिय सदस्यमा पुन निर्वाचित भएकी हुन् । नेपाली काँग्रेसभित्र पुस्तान्तरण र समबेसिताको मुद्दाहरु स्थापित गर्न बास्तोलाको उल्लेखनीय भूमिका रहेको बताइन्छ । कृषि, पर्यावरण, बिधिको शासन र सुशासनको पक्षमा निरन्तर लागि पर्ने बास्तोला विभिन्न संघ संस्थाहरुमा सक्रिय भई नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय तथा अन्तरास्ट्रिय भ्रमणमा समेत सहभागी हुदै आएकी छिन् । महिलाहरु प्रत्यक्ष निर्वाचनमा सहभागी हुन सहज नभए पनि ४२ वर्षीय बास्तोला नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ११ जना महिलामध्ये काठमाडौंको निर्वाचन क्षेत्र नं. ९ मा बास्तोला होमिएकी छिन् ।

गान्धी दर्सन, अहिंशा र शान्ति कि अध्येता जुझारी नेता नानु बास्तोला राजनीतिमा समाजबादी विचारक स्वर्गीय प्रदीप गिरिबाट दीक्षित भएकी हुन् । तथ्यमा आधारित नीति र दिगो विकासको लागि प्रतिनिधि सभा सदस्यको रुपमा योगदान पुर्याउनको लागि काठमाडौँ क्षेत्र न ९ को नेपाली कांग्रेसको प्रतक्ष्य तर्फको उमेदबार रहेकी बास्तोलालाई उक्त क्षेत्रका पुराना नेतादेखि युवा पुस्तासम्मका नेताहरुले समर्थन गरिरहेको र महिलाहरुको उल्लेखनीय सहभागिता रहेको देखिन्छ ।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८२ फाल्गुन १०, १८: ०६

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८२ फाल्गुन १०, १८: ०६

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८२ फाल्गुन १०, १८: ०६

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...