
काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. ७ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र जवाफदेही नेतृत्वलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहँदै जिम्मेवार जनप्रतिनिधिको व्यवहार प्रस्तुत गर्ने बताएका छन्।
उम्मेदवार गुरागाईंले काठमाडौंको विशिष्ट संस्कृति र ऐतिहासिक पहिचानलाई थप उजागर गर्दै दीर्घकालीन विकास योजना कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्। स्थानीय आवश्यकता स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजसँग समन्वय गरी सम्बोधन गरिने उनले उल्लेख गरेका छन्।
उनले सामाजिक सद्भाव, भाईचारा र ‘पहिले हामी नेपाली’ भन्ने भावनालाई अझ सुदृढ बनाउन आफू सचेत रहने बताएका छन्।
गुरागाईंले काठमाडौं क्षेत्र नं. ७ को ऐतिहासिक र सांस्कृतिक योगदानको स्मरण गर्दै यस क्षेत्रका प्रेरणादायी व्यक्तित्वहरूको चर्चा गरेका छन्। प्रधानमन्त्री पद त्याग गरेका लौहपुरुष गणेशमान सिंह, स्वरसम्राट नारायण गोपाल, नेपाली फुटबलका जादुगरका रूपमा परिचित मणि शाह तथा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ जस्ता व्यक्तित्वहरू यस क्षेत्रको गौरव रहेको उनले बताएका छन्।
निर्वाचन प्रचार प्रसार समितिले जारी अपिलमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन आग्रह गरिएको छ। पछिल्लो समय देशमा सुशासनको माग उठिरहेका बेला कानुनी शासनको प्रत्याभूति र पारदर्शी व्यवस्थापनका लागि विधि र कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
गुरागाईंले युवापुस्ताको ‘रुल अफ ल’ को मागलाई पूर्ण रूपमा जायज ठहर गर्दै उनीहरूको आवाजलाई सम्मानपूर्वक सम्बोधन गर्ने बताएका छन्। अभिभावकहरूलाई सकारात्मक सामाजिक, सांस्कृतिक र लोकतान्त्रिक वातावरण सन्तानलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ।
२०३१ साल पुस २७ गते काठमाडौं महानगरपालिका–१७, धोबीचौरमा जन्मिएका गुरागाईंले अमृत साइन्स कलेजबाट आइएससी तथा बीएससी अध्ययन गरेका छन् भने त्रिचन्द्र बहुमुखी क्याम्पसबाट मानवशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनी १७ वर्षसम्म सरस्वती बहुमुखी क्याम्पसमा उपप्राध्यापकका रूपमा कार्यरत थिए।
अन्त्यमा उनले मतदातासँग निर्वाचनको नाममा सामाजिक सम्बन्ध नबिगार्न आग्रह गर्दै विवेकपूर्ण निर्णयमार्फत नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न अपिल गरेका छन्।


काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...
काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...