
नयाँ विकल्प,
चितवन- काेराेना संक्रमणबाट चितवनमा एक वृद्धाको मृत्यु भएकाे छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आइतबार विहान ६ बजे मृत्यु भएकाे हाे ।
ती वृद्धामा काेराेना संक्रमण देखिएपछि होम आइसोलेसनमा राखिएकाे थियाे । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले ती वृद्धाको होम आइसोलेसनमा नै मृत्यु भएकाेज जनाएकाे छ । कोरोना संक्रमितको होम आइसोलेसन मृत्यु भएको चितवनमा यो दोश्रो घटना हो।
यसअघि खैरहनी नगरपालिकाकी १०८ वर्षीया वृद्धाको पनि घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो। आइतबार मृत्यु भएकी वृद्धा अल्सर र क्यान्सरकी बिरामी हुन्। कोरोना संक्रमणका कारण अहिलेसम्म चितवनका १७ जनाको मृत्यु भइसकेको छ।
चितवनमा कुल १ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा होम आइसोलेसनमा मात्रै दुइ सय ५० जनाभन्दा बढी रहेका छन्।
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...
काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...