अझ जिम्मेवार हुने बेला आएको प्रमको भनाई – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

अझ जिम्मेवार हुने बेला आएको प्रमको भनाई

काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले पार्टीलाई सशक्त र क्रियाशिल बनाउन अहिले पद त्याग्न नहुने बताए । उहाले पार्टी कमाजोर भएको अवस्थामा पार्टीलाई सहयोग गरी सशक्त बनाउने अवस्थामा पद त्याग्नु नहुने वताउदै नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तहका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु भातृ तथा सुबेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुले दिएको राजिनामाको विषयमा काठमाण्डौमा धनकुटाका पदाधिकारीहरुसंग छलफल गर्दै पदमानै रहेर पार्टी र धनकुटाको पक्षमा काम गर्नका लागी राजीनामा फिर्ता लिन लिखित आग्रह गरे ।

सभापति देउवाले राजिनामा दिएर होईन अब सबै मिलेर पार्टीलाई पहिले जस्तै सबैभन्दा ठूलो र जनताको लोकप्रिय पार्टी बनाउन अब आ–आफ्नो क्षेत्रमा क्रियाशिल हुने दिन आएको वताउनु भयो । प्रधान मन्त्री तथा पार्टी सभापति देउवाले राजनैतिक सहमती कायम गर्नका लागी धनकुटालाई प्रदेश प्रमुखको मुकाम तोक्न नसकेकोमा आफुलाई दु.ख लागेको र धनकुटालाई अन्याय भएको महसुस समेत भएको बताउदै धनकुटालाई अब अगाडी बनाउन र धनकुटाको विकासकालागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्र्दै पार्टी सभापति समेत रहेका देउवाले पार्टीलाई क्रियाशिल र सशक्त बनाउन तपाईहरुको योगदानको अहिले ठूलो खाँचो रहेकोले राजिनामा फिर्ता लिई पार्टी संगठनको काममा फिर्ता हुन आग्रह गरे । पार्टी र नेतृत्वले उचित मुल्यांकन गर्ने समेत बताएका नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

पार्टी सभापति तथा प्रधान मन्त्री देउवालाई सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, निवर्तमान सभापति मनोहर नारायण श्रेष्ठ, सचिव विजय सन्तोषी राई, पूर्व सल्लाकार प्रध्यापक गोपाल प्रसाद अधिकारी, नेपाल प्रेस युनियनका केन्द्रिय सभासद तथा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश बहादुर श्रेष्ठ, नेपाल निजामती कर्मचारी युनियन धनकुटाका पूर्व अध्यक्ष टंक दवाडी लगायत नेपाली कांग्रेसका पदाधिकारी तथा सदस्यहरुले प्रदेश प्रमुखको मुकाम तोक्दा धनकुटालाई अन्याय गरेकोले काम गर्ने वातावरण नभएकोले राजिनामा दिनुपरेको जानकारी गराए । अब धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन पार्टीले पहल गर्नु पर्ने, आन्दोलन भैरहेकोले धनकुटामा नै गै सरकारले वार्ता गर्नुपर्ने, धनकुटामा मेडिकल कजेल तत्काल महत्वपूर्ण कार्यालयहरु तत्काल स्थापना गर्नु पर्ने लगायतका एक जर्दन मागहरु लिखित रुपमानै राखेका थिए ।

नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले प्रदेश प्रमुख नियुक्तसंर्गै प्रदेश प्रमुखको मुकाम तोक्दा सवै किसिरमले उपयुक्त र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई प्रदेश नम्वर १ को प्रदेश प्रमुखको मुकाम नतोकी अन्यन्त्र तोकेकोमा धनकुटालाई अन्याय भएको भन्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला तथा स्थानीय तह कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु भातृ र शुबेच्छुक संस्थाका सवै पदाधिकारी तथा सदस्यहरुले दुई साता अघि राजीनामा दिई निन्तर रुपमा आन्दोलन गरिरहेका छन् ।

यसअघि नेपाली कांग्रेस धनकुटाका पदाधिकारी सहितकोको काठमाण्डौ आएको टोलीले नेपाली काग्रेसका वरिष्ठ नेताहरु अर्जुन नर सिंह केसी,पूर्ण वहादुर खड्का, नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा र मुख्य सचिव कृष्ण पौडेल लगायत पार्टीका नेताहरुसंँग छलफल तथा अन्र्तक्रिया गरी धनकुटालाई सरकार र पार्टी नेतृत्वको निर्णयबाट पटक पटक अन्याय भएकोले राजिनामा दिन बाध्य भएको जानकारी गराउँदा उनीहरुले समेत राजीनामा दिएका सवैलाई राजिनामा फिर्ता लिई कांग्रेसकै पदमा रही धनकुटा र धनकुटेलीहरुमाथि भएको अन्यायको विरुद्ध र न्याय तथा धनकुटाको विकास र पार्टीलाई रुपान्तरण गर्नका लागी अझ धेरै सक्रिय भएर लाग्न लाग्न आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०७४ माघ २२, ०९: ०७

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...

ईश्वर पोखरेलद्वारा उम्मेदवारी दर्ता, भन्छन्- पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँ
ईश्वर पोखरेलद्वारा उम्मेदवारी दर्ता, भन्छन्- पार्टीलाई ठिक ढंगले चलाउन अध्यक्ष पदमा उम्मेदवारी दिएँ
  • २०७४ माघ २२, ०९: ०७

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने
कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने
  • २०७४ माघ २२, ०९: ०७

काठमाडौं : नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनको...