एसइई नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी – Naya Bikalpa
June 9, 2026, Tuesday      Epaper

एसइई नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशित गर्न सरकारबाट निर्देशन आएपछि परीक्षा नियन्त्रण कार्यालयले अन्तिम चरणको काम तीव्र बनाएको जनाएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३० देखि ३५ जना कर्मचारीमार्फत टेबुलेसनको काम भइरहेको छ । उनले सरकारले तोकेको समयसीमाभित्रै नतिजा सार्वजनिक हुने बताएका छन् ।

यस वर्ष एसइई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गरिएको थियो ।

व्यवस्थाअनुसार हरेक दिन परीक्षा सकिएलगत्तै उत्तरपुस्तिका परीक्षण गरिएको थियो भने प्रत्येक तेस्रो दिनमा प्राप्तांक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाइने व्यवस्था गरिएको थियो । साथै, परीक्षा सम्पन्न भएको चौथो दिनमै विद्यार्थीको प्राप्तांक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्थापन गरिएको थियो ।

सम्बन्धित समाचार

अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
  • २०८३ बैशाख २४, १५: ११

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने सरकारी अभियानले...

असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु हुने, मन्त्रालयको निर्णय
असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु हुने, मन्त्रालयको निर्णय
  • २०८३ बैशाख २४, १५: ११

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।...

आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन
आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन
  • २०८३ बैशाख २४, १५: ११

काठमाडौं । विभिन्न आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन परेको छ । सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आवेदन गरेको...