काभा महिला भलिबलका लागि निरुता ठगुन्नाको कप्तानीमा नेपाली टोली घोषणा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

काभा महिला भलिबलका लागि निरुता ठगुन्नाको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौंमा सञ्चालन हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टोली घोषणा गरिएको छ ।

घोषित टोलीमा कप्तान निरुता ठगुन्नासहित उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, किर्गिस्तान, माल्दिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ । नेपाल पुल ‘ए’ मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

नेपालले उद्घाटन खेलमा जेठ ८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जेठ ९ गते किर्गिस्तान र जेठ १० गते माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार

क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
क्यानद्वारा खेलाडी वर्गीकरण : ‘ए प्लस’मा रोहित, दीपेन्द्र र सन्दीप
  • २०८३ जेष्ठ ३, ०८: २२

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले २०२६ का लागि खेलाडीहरुको वर्गीकरण गरेको छ । पहिलोपटक तीन जना खेलाडी ए प्लस...

नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै
  • २०८३ जेष्ठ ३, ०८: २२

काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन्...

माल्दिभ्समाथि सानदार जित निकाल्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा
माल्दिभ्समाथि सानदार जित निकाल्दै नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा
  • २०८३ जेष्ठ ३, ०८: २२

काठमाडौँ । नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित...