
काठमाडौँ । आजदेखि दुई नेपाली फिल्म ‘मितज्यू’ र ‘काजी’ देशभर एकसाथ प्रदर्शनमा आएका छन्।
मितेरी साइनोको कथामा आधारित फिल्म ‘मितज्यू’ मा दयाहाङ राई, सौगात मल्ल, टेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, अनुषा राईलगायत कलाकारहरूको अभिनय रहेको छ। अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन्।
त्यस्तै पारिवारिक प्रेमकथामा आधारित फिल्म ‘काजी’ मा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन्। लक्ष्मण रिजालको निर्देशनमा बनेको यस फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, अनुराग कुँवर, हिउँवाला गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ। यस फिल्मका निर्माता रामप्रसाद रिजाल हुन्।
प्रदर्शन व्यवस्थापनअनुसार ‘मितज्यू’ ले देशभर ११४ शो पाएको छ भने ‘काजी’ ले ८२ शो पाएको छ।
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...
काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका...
काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत...