कांग्रेसलाई विभाजनबाट रोक्ने नयाँ सूत्र – Naya Bikalpa
June 1, 2026, Monday      Epaper
‘इगो’ र बार्गेनिङको राजनीतिले विभाजनको संघारमा कांग्रेस– बलियो र एकताको कांग्रेस लोकतन्त्रको पहरेदार

कांग्रेसलाई विभाजनबाट रोक्ने नयाँ सूत्र

काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा यतिबेला आन्तरिक मतभेद र गाली गलौज उत्कर्षमा पुगेको छ । जेन जी बिद्रोहपछि मुलुकमा उत्पन्न राजनीतिक उतारचढाव, कांग्रेसभित्रको आन्तरिक, विशेष महाधिवेशन र त्यसलगत्तै भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा टिकट बितरण अनि पार्टीले भोग्नु परेको पराजयपछि कांग्रेस फेरी बिभाजन हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ । पार्टीभित्र वैचारिक मतभेद भन्दा पनि नेतृत्व पुस्तान्तरण अनि गत निर्वाचनमा उम्मेदवार चयनसम्बन्धी विवादका कारण उत्पन्न ‘इगो’ ले विभाजनको जोखिम बढाएको कांग्रेसबृत्तमा चर्चा छ ।

पछिल्लो समय संस्थापन पक्षले प्रदेशगत रुपमा आफ्ना कार्यक्रम गरिरहेका बेला इतर खेमाले पनि समानान्तर गतिविधि र पदीय वार्गेनिङ अगाडि बढाइरहेका छन् । जसका कारण कार्यकर्ता तहमा अन्यौल बढेको हुनुमा डिजिटल क्रान्तिले ल्याएको परिवर्तन हो । तसर्थ यस्तो पारदर्शी र डिजिटल कांग्रेस बनाउन रोक्ने जत्थाहरुले आफ्ना ग्रासरुटका कार्यकर्ताहरुलाई बलियो बनाउन रोक्नु हुँदैन । पुराना संस्थापकले डिजिटल कांग्रेस बनाउन नमान्नु र क्रियाशील सदस्यता नवीकरण अवधि २०८२ वैशाखसम्म मात्र रहेकोले पुनः नवीकरण गर्नेुपर्ने या अध्यावधिक गर्नुपर्नै बाध्यता रहेको सानेपा कांग्रेसको दावी रहेको छ । जसमा कारण जिल्ला जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरुलाई पुराना संस्थापक पक्षका नेताहरुले अवरोध खडा गरिरहेकाले अध्यावधि उत्साहजनक रुपमा अगाडि बढ्न सकेको छैन ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा भोग्नु परेको पराजयका पछाडि नयाँ राजनीतिक शक्तिको उदय र त्यसले मतादतामा पारेको प्रभाबमात्र प्रमुख कारण थिएन । कांग्रेसभित्र उत्पन्न विवादले निम्त्याएको असहज परिस्थिति त्यसमध्येको प्रमुख कारण थियो । हालैको निर्वाचन परिणामले परम्परागत राजनीतिक शैलीप्रति जनताको ठूलो असन्तुष्टि रहेको देखाएको छ । त्यसकारण हिजोको चुनावबाट पाठ सिकेर हरेक नेताले आत्मालोचना गर्दै पार्टी एकताका पक्षमा वातावरण बनाउने हो भने कांग्रेस फेरि लयमा फर्कन्छ ।

यो काम तत्कालै गर्नु किन पनि आवश्यक छ भने पार्टीभित्रको कलहले गर्दा नै चुनावी क्षति बेहोर्नुपरेको यथार्थलाई स्वीकार्दै आसन्न स्थानीय र प्रदेश निर्वाचनको मिति धेरै टाढा पनि छैन । संघीय निर्वाचनमा गुमाउनु परेको जनमत फर्काउनका लागि पार्टी एक ढिक्का रहेको सन्देश दिनु जरुरी छ । विशेष महाधिवशेनपछि केन्द्रदेखि तल्लो तहसम्म असहमतिको रेखा कोरिएको छ । जसले गर्दा यतिबेला कांग्रेसका दुई खेमाबीच संवादहीनता बढेको छ । दोहोरो संवाद हुन छाडेपछि एक आपसमा आरोप प्रत्यारोपको स्थिति छ । जुन आरोप प्रत्यारोपका कारण नेतृत्व तहमा मात्र होइन, कार्यकर्तामा निराशा छाएको छ । अर्कातिर, आम मतदातामा नकारात्मक सन्देश पुगेको छ ।

हरेकजसो जीवन्त दलहरुभित्र राजनीतिक र नेतृत्वमा विवाद हुन्छ नै । तर यसो भन्दैमा नेतृत्वमा बस्नेहरुले सबैलाई समेटेर आफ्ना गतिविधि अघि बढायो भने त्यसले सिंगो पाटीलाई नोक्सानी हुनबाट बचाउँछ । अर्कातिर, पुरानो संस्थापन पक्षले पनि मेरो गोरुको बाह्रै टक्का जस्तो गरी अनावश्यक बखेडा निकाल्नु हुदैन । कांग्रेसभित्र अहिले देखिएको मुख्य विवाद भनेकै पुरानो संस्थापन पक्ष र नयाँ रूपान्तरणकारी पुस्ताबीचको हो । तर त्यो कस्तो किसिमको नयाँ हो भन्ने कुरा उनीहरुले प्रष्ट पार्न सक्नुपर्दछ ।

पार्टीमा लामो समयदेखि बिना कुनै पद योगदान गर्दै आएका इमान्दार कार्यकताहरु हिजो पुरानो भनिएको देउवा समूहबाट उपेक्षामा पर्दै आएका थिए । जसका कारण अब पार्टीमा हिजोका प्रबृत्तिको अन्त्य हुनेछ भनेर थापाले अघि बढाएको रुपान्तरणको पक्षमा उभिएका हिजोका तिनै पीडित कार्यकर्ताहरु यतिबेला गगन विश्वले पार्टी र भ्रातृसंस्थाहरुका गरेका मनोनयनपछि आश्चर्यचकित भएका छन् । हालैमात्र गठन गरिएको नेपाल महिला संघको कार्यसमितिमा समावेश गरिएका कतिपय अनुहारबाटै प्रष्ट हुन्छ कि नयाँका नाममा फेरी पनि पुरानै प्रबृत्ति हावी हुन पुगेको छ । त्यसकारण थापा नेतृत्वको कांग्रेसले लामो समयदेखि पार्टीका बिभिन्न तह र तप्कामा आवद्धहरुको योगदानलाई बिर्सेर गणेश प्रबृत्तिलाई पुरस्कृत गर्ने क्रमलाई निरन्तरता दियो भने यसबाट इमान्दार कार्यकर्ताहरु धेरै समय सहेर बस्न सक्दैनन् भन्ने सन्देश महिला संघमा मनोनितहरुबाटै प्रष्ट भएको छ ।

अनावश्यक बखेडा निकालेर यो वा त्यो कुनै पनि पक्षले पार्टीभित्र बिभाजनको रेखा कोर्नु बुद्धिमानीपूर्ण कार्य हुनै सक्दैन । हिजोका दिनमा पार्टी विभाजन हुँदाको अनुभवबाट पाठ सिकेर पनि त्यो दिशातिर कोही पनि अघि बढ्नु हुदैन । त्यसकारण अहिले कांग्रेसभित्र उत्पन्न विवादको समाधानका लागि पुराना र अनुभवी नेताहरू पार्टीमा अभिभावकीय भूमिकामा बस्ने र युवापुस्तालाई अघि बढाउँदा मात्र अब कांग्रेस बलियो हुन्छ । यो नै अहिलेको मध्यमार्गी बाटो हो । किन पनि यसो गर्नु जरुरी छ भने नेतृत्वको वैधानिकतालाई लिएर उत्पन्न विवादलाई कानुनी वा प्राविधिक रूपमा समेत बाहिरिएन आवश्य भए पनि दुबै पक्षका नेताहरु बसेर घनीभूत छलफल गरी विवादलाई राजनीतिक सहमतिबाट हल गरिनुपर्छ । त्यसका लागि दुबै खेमाका दोस्रो र तेस्रो तहका मध्यमार्गी नेताहरूले अग्रसरता लिएर शीर्ष नेताहरूबीच निरन्तर संवादको वातावरण बनाउनुपर्छ । यस्तो छलफलले सहमतिको संवादको ढोका खोल्ने काम गर्छ र आपसी मनमुटावलाई मत्थर पर्दै विभाजनको रेखालाई रोक्न मद्दत पुग्छ । विभाजन रोक्नु किन पनि जरुरी छ भने कांग्रेस एकढिक्का हुँदा कांग्रेसका लागि मात्र नभएर सिंगो लोकतान्त्रिक शासन व्यवस्था र मुलुककै लागि हितकर रहेको जगजाहेर नै छ ।

किनभने इतिहास साक्षी छ, जब–जब कांग्रेस विभाजन भएको छ, तब–तब मुलुकको लोकतान्त्रिक जग कमजोर भएको छ । पार्टीले ठूलो मूल्य चुकाउनु परेको छ । कांग्रेसभित्रको विवादका सम्बन्धमा सर्बोच्च अदालतबाटै निरुपण भइसकेको सन्दर्भम पुरानो संस्थापन पक्षले थप कानुनी लडाइको कुरा उठाउनु असान्दर्भिक भइसकोको छ । अर्कातर, थापा नेतृत्वले बहुमत नभनी सहअस्तित्वको भावनालाई अंगाल्नु पर्दछ । यसबाट मात्रैै कांग्रेसलाई विभाजन हुनबाट रोक्न सकिन्छ । किनकि बलियो कांग्रेस नै नेपालको लोकतन्त्रको पहरेदारको रुपमा रहँदै आएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा नियमावली २०८३ असंवैधानिक : नेपाली कांग्रेस
प्रतिनिधिसभा नियमावली २०८३ असंवैधानिक : नेपाली कांग्रेस
  • २०८३ जेष्ठ १८, १५: ०५

काठमाडौं : प्रतिनिधिसभाबाट आइतबार बहुमतको बलमा पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको...

कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
  • २०८३ जेष्ठ १८, १५: ०५

काठमाडौं : विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव...

विद्यार्थी नेता पक्राउ गरेकोप्रति कांग्रेसको आपत्ति, तत्काल रिहा गर्न माग
विद्यार्थी नेता पक्राउ गरेकोप्रति कांग्रेसको आपत्ति, तत्काल रिहा गर्न माग
  • २०८३ जेष्ठ १८, १५: ०५

काठमाडौं : नेपाली कांग्रेसले सीमा समस्याका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विरोध गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का...