
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारलाई उत्ताउलिएर धेरै अघि नबढ्न चेतावनी दिएका छन् । सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप लगाए ।
राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय र परिस्थिति एकैनासको रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला,’ ओलीले भने । अहिलेको स्थिति धेरै नचल्ने उनले बताए ।
‘राणा शासन ढले, पञ्चायती तानाशाही ढले, राजतन्त्र ढले,’ ओलीले भने, ‘यो अराजकतन्त्र कति समयको पाहुना हो । यो अराजकतन्त्र धेरै चल्न सक्दैन ।’
विभिन्न राजनीतिक शक्तिहरूको भूमिका, उनीहरूका गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई सही ढङ्गले बुझ्नुपर्ने आवश्यकता रहेको बताए ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८३/०८४ को...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको...