गगन पन्छाउने डा.यादव भित्र्याउने खेलले नेपाल प्रेस युनियनको विधान सभा विवादित ! – Naya Bikalpa
June 3, 2026, Wednesday      Epaper

गगन पन्छाउने डा.यादव भित्र्याउने खेलले नेपाल प्रेस युनियनको विधान सभा विवादित !

 

काठमाडौं । नेपाल प्रेस युनियनले १३ गते वुधवार ३५औं स्थापना दिवस तथा विधान सभाको आयोजना विवाद मुक्त हुन सकेन । नेपालका लोकतन्त्रवादी पत्रकारहरूको साझा सँस्थाको रूपमा रहेको नेपाल प्रेस युनियन नेपाली काङ्ग्रेसको शुभेच्छुक सँस्था भएका कारण देसैभरका लोकतन्त्रवादि पत्रकारहरुको साझा थलोको रुपमा मानिदै आएको छ । तर पछिल्लो समय वर्तमान नेतृत्वका कारण निकै विवादित वन्दै गएका कारण युनियनको शाख गिर्दै गएको प्रति लोकतन्त्रवादी पत्रकारहरु चिन्तित देखिन्छन् ।

जेनजी आन्दोलनले वनाएको नयाँ सरकार, काग्रेस विशेष महाअधिवेसन, फागुन २१ को निर्वाचन पछि वनेको रास्वपाको प्रचण्ड वहुमतको सरकार निर्माणसम्म आईपुग्दा मुख्य मुख्य पदाधिकारीले राजीनामा ठोक्दै टाप कस्दै गरेका छन् । युनियन भित्रको साग्ङठनिक गुटबन्दी तथा सिमित पदाधिकारीका सेण्डिकेटका कारण मुख्य मुख्य पदासिन व्यक्तिहरुले एकपछि अर्को गर्दै राजीनामा गरेको दृष्टानत निकै रोचक हुँदै आएको छ । ३५अ‍ैँ स्थापना दिवस तथा विधानसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पार्टि सभापति गगन कुमार थापालाई नवनाउने रणनीति अनुसार पुर्व राष्ट्रपति डा. रामवरण यादवलाई वोलाईएको कारण युनियनमा यतिवेला खैलावैला मच्चिएको छ । स्वयम प्रमुख अतिथि वनेका यादवले पनि हामी जस्ता वुढापाकालाई वोलाएर आयोजकले व्यवस्थापनमा ध्यान नदिएको भन्दै रिसाउदै सँवोधन सुरु गरेका थिए ।

काङ्ग्रेसको शुभेच्छुक सँस्थाको रुपमा रहेको युनियनले राष्ट्रिय कार्यक्रममा काङ्ग्रेसको सभापतिलाई निमन्त्रणा समेत नदिएको भन्दै सहभागिहरुले आक्रोश व्यक्त गरेका थिए । यसरी देसभरका जिल्ला शाखा अध्यक्षहरु, जिल्ला सचिवहरु, जिल्ला कोषाध्यक्षहरु र तोकिए बमोजिमका प्रतिनिधिहरू काठमाडौंमा भेला हुदा मातृसँस्थाका प्रमुख व्यक्ति पार्टी सभापति गगनकुमार थापालाई आमन्त्रण समेत नगर्नु विशेष महाअधिवेसनवाट आएको नेतृत्वलाई स्विकार गर्ननसकेका गुटका सटर खोलेर वसेका नेताहरु यतिवेला दर्जनौ सानेपावाट निकै टाढा रहेको र सो समुहको प्रभाव नपरेको होला भनेर वुझ्न कठिन छैन ।

यद्यपि उनीहरुले सँवैधानिक सर्वोच्चतालाई समेत चुनौती दिदै विशेष महाअधिवेसनवाट आएको नेतृत्वका विरुद्ध विभिन्न भेला तथा समानान्तर गतिविधिहरु गर्दै आइरहेका छन् ।
सोही समुह मध्येका एक नेतालाई निमन्त्रणा गरिएको तर उनले आफू पनि नआउने गगन लाई रोक्न डा.यादवलाई प्रमुख अतिथि वनाउन निर्देसन दिएको युनियनभित्रै चर्चा चलिरहेको छ ।
२०४८ साल जेठ १३ गते तत्कालीन पार्टि सभापति गिरिजाप्रसाद कोईरालाको प्रत्यक्ष निर्देसनमा प्रजातन्त्रवादी पत्रकारहरुको संरक्षणका लागि नेपाल ट्रेड युनियन काङ्ग्रेस सँग आवद्ध रहनेगरि नेपाल प्रेस युनियनको स्थापना भएको थियो। नेपाली काङ्ग्रेस विभाजित हुदा पनि युनियन एकै भइरहेको र युनियन पार्टिको एक सल्लाहकारका भुमिकामा रहदै पार्टिलाई समेत एक ढिक्का वनाउन पहल गर्नुपर्ने जिम्मेवारीवाट विमुख हुँदा लोकतान्त्रिक विधि समेत धरापमा पर्नसक्छ ।

तसर्थ युनियन चरम गुटगत स्वार्थ प्रेरित हुँदै जादा पछिल्लो राजनैतिक परिवर्तन सँगै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथि आउन सक्ने खतरालाई समाना गर्नसक्ने नैतिकवल गुमाई सकेको, चरम गुटबन्दी गरेर स्वार्थसिद्ध गर्न पल्केको आरोप खेपिरहको नेतृत्ववाट युनियन अगाडि वड्न सक्दैन । त्यसैले समय अवधि सकिएको वर्तमान नेतृत्वलाई तत्काल विदा गराउन पर्छ भन्दै महाअधिवेसन गराउन तिथिमिति तोक्न भेलामा उपस्थित सहभागिहरुले हलवाट गडगडाहट आवाज वुलन्द हुदा पनि नेतृत्वले सुने नसुने गर्दै विधान अधिवेसनलाई युनियनको नेतृत्वको निर्देसनमा सभाहलवाट अनुमोदन समेत नगराईएको अध्यक्ष मण्डलका अध्यक्षले जवरजस्त ढङ्गवाट विधान सभालाई कर्मकाण्ड मात्रै गरेर समापन गरिदिए ।

बिसैं हजार खर्च गरेर रातविरात विताएर जिल्ला जिल्लावाट आएका सहभागिहरुलाई दुई मिनेट पनि वोल्न नदिएका कारण विवादका विच पुन अध्यक्ष मण्डल र हलवाट दुई प्रतिनिधि समेतको समिति निर्माण गरेर विधान सभालाई पुन वर्तमान सिण्डिकेटवाला पदाधिकारीको कव्जामा लाने प्रयास गरिएपछि प्रेस युनियन इतिहासमै चरम विवादमा फस्दै गएको छ नेतृत्वले फेरि पनि कार्यकाल वढाउने सँकेत देखिदै जादा काङ्ग्रेसको जस्तै विशेष महाअधिवेसन ननिम्तिएला भन्न सक्ने अवस्था नकार्न सकिँदैन । यदि युनियनले निश्पक्ष र पार्टिको हित चाहेको भए विवादित रहेका नेताहरुलाई सवैलाई वोलाएर एउटै मन्चमा उभ्याउने प्रयास किन गर्न सकेन यतिवेला सवैको चासो बढेको छ । नयाँ विकल्प साप्ताहिकबाट

सम्बन्धित समाचार

साफ महिला च्याम्पियनसिप : सेमिफाइनलबाट बाहिरियो नेपाल
साफ महिला च्याम्पियनसिप : सेमिफाइनलबाट बाहिरियो नेपाल
  • २०८३ जेष्ठ २०, १३: ०४

काठमाडौँ : साफ महिला च्याम्पियनसिपअन्तर्गतको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल २-१...

रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट, नेपाल–भारत सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता
रवि लामिछाने र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट, नेपाल–भारत सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता
  • २०८३ जेष्ठ २०, १३: ०४

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्...

बागमतीको नीति तथा कार्यक्रम पारित, मुख्यमन्त्री बानियाँले भने– बजेट जनमुखी र पारदर्शी हुन्छ
बागमतीको नीति तथा कार्यक्रम पारित, मुख्यमन्त्री बानियाँले भने– बजेट जनमुखी र पारदर्शी हुन्छ
  • २०८३ जेष्ठ २०, १३: ०४

मकवानपुर : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ। नीति...