
काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।
उनले राजदरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढाइने बताए । उनले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरी सिफारिससहित प्रतिवेदन पेस गर्न विशेष कार्यदल गठन गर्ने समेत बताए ।
गृहमन्त्री गुरुङले गृह मन्त्रालय र नेपाल प्रहरीबाट संवेदनशील सूचना चुहावट रोक्न सूक्ष्म अध्ययन गरी दोषीमाथि कारबाही सिफारिस गर्न सुरक्षा निकायमा विशेष अनुसन्धान टोली (एसआइटी) गठन गर्ने घोषणा गरे ।
उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप प्रभावकारी बनाउँदै, हाल प्रक्रियामा रहेका जघन्य अपराधका अनुसन्धान फाइलहरू शीघ्र टुंगोमा पुर्याउन निर्देशन समेत दिए ।
गृहमन्त्री गुरुङले कुनैपनि नागरिकमाथि चरित्रहत्या गर्ने किसिमको व्यवहारको समेत मन्त्रालयले गम्भीरताका साथ हेर्ने बताए ।
धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...
काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...
काभ्रेपलाञ्चोक : सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२ः३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ । रोशी खोलामा...