
काठमाडौँ । जारी फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन्। आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गर्दै अंक बाँडेका हुन्।
मोरक्कोलाई खेलको २१औँ मिनेटमा इस्माइल सैबारीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर ब्राजिलले ३२औँ मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत खेलमा पुनरागमन गर्दै बराबरी कायम गर्यो।
बाँकी समयमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि थप गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा सकिएको हो। यस नतिजासँगै ब्राजिल र मोरक्कोले समूह चरणमा एक–एक अंक जोडेका छन्।
अब ब्राजिलले आगामी जुन २० मा हैटीविरुद्ध तथा जुन २५ मा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यस्तै, मोरक्कोले जुन २० मा स्कटल्यान्डसँग खेल्नेछ भने जुन २५ मा हैटीको सामना गर्ने तालिका रहेको छ।
काठमाडौँ । आयोजक मेक्सिकोले फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको...
काठमाडौं : मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी...
काठमाडौं : विश्व फुटबलको महाकुम्भ, फिफा विश्वकप २०२६ को औपचारिक सुरुवात बिहीबार मेक्सिकोको ऐतिहासिक एस्टाडियो एजेका रंगशालामा हुँदैछ । उद्घाटन...