मुलुक संघीयतामा प्रवेश गरेसँगै दलहरुले पार्टीलाई संघीयता अनुरुप बदल्नु पर्ने भएको छ । केन्द्रमा भएका व्यवस्थाहरु अहिले प्रदेश हुँदै स्थानीय तहसम्म पुगेको छ । विगतमा केन्द्रमा भएका संसदीय दलका नेता, सचेतक, प्रमुख सचेतक पदहरु अब प्रदेशमा विस्तार गर्नुपर्नेछ । यसैगरी प्रदेश प्रमुख, मुख्यमन्त्रि र विपक्षी दलका नेता दलहरुले चयन गर्नुपर्ने हुन्छ ।
यसका लागि दलहरुले गृहकार्य थालेका छन् । नेपाली कांग्रेसले सातै प्रदेशमा संसदीयदलको नेता छनौट गर्नलाई केन्द्रिय प्रतिनिधि खटाएको छ । लगभग सबै प्रदेशमा सरकार बाहिर बस्ने निश्चित जस्तै भईसकेको कांग्रेसले प्रदेश संसदीय दलको नेता छनौट गर्नलाई लागिपरेको छ । कांग्रेसभित्र संसदीय दलको नेता बन्न तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । नेता बनाई दिन भन्दै गुट–उपगुटका आधारमा चलखेल भईरहेको स्रोतले जनाएको छ । पार्टीले प्रदेश नम्बर १ मा डा. मिनेन्द्र रिजाल, २ मा विमलेन्द्र निधिलाई केन्द्रिय प्रतिनिधिको रुपमा खटाएको छ ।
त्यसैगरी प्रदेश नम्बर ३ मा महालक्ष्मी उपाध्याय डिना, ४ मा गोविन्द भट्टराई, ५ मा बालकृष्ण खाड, ६ मा हृदयराम थानी र ७ मा एनपी साउदलाई खटाएको छ । संसदीय दलको नेतामा प्रदेश १ बाट केदार कार्की, हिमाल कार्की, शान्तदेवी पौडेल, विद्यानन्द चौधरी र राजिव कोईरालाको नाम चर्चामा छ भने सुनसरीबाट दुई २ पटक पार्टी सभापति समेत भईसकेको र अन्य नेता भन्दा सिनियर भएकाले पनि कोईरालाको संभावना प्रवल रहेको स्रोतले भन्यो ।
त्यसैगरी प्रदेश २ मा रामसरोज यादव, शिवचन्द्र चौधरी र ओमप्रकाश शर्मा संसदीयदलको नेता बन्ने दौडमा रहेका छन् । तर रामसरोज यदाव संसदीय दलको नेता बन्ने पक्कापक्की जस्तै भएको स्रोतले जनाएको छ । यसैगरी प्रदेश ३ मा इन्द्र बाँनिया, राधा घले, विजुला बर्मा र न्हुछे नारायण श्रेष्ठ लगायतको नाम चर्चामा छ । प्रदेश ४ मा कृष्णचन्द्र नेपाली, कुमार खड्का र मेखलाल श्रेष्ठले संसदीय दलको नेतामा आकांक्षा देखाएका छन् । प्रदेश ५ मा डिल्ली चौधरी, वीरेन्द्र कुमार कनौडीया र बलदेव शर्मा पोखरेल रहेका छन् । त्यसैगरी प्रदेश ६ मा केन्द्रिय सदस्य जीवनबहादुर शाही र दीनवन्धु श्रेष्ठ रहेका छन् ।
त्यस प्रदेशमा कांग्रेसबाट प्रदेशसभा सदस्यमा शाही मात्र प्रत्यक्षबाट निर्वाचित भएकाले पनि शाही पक्कापक्की जस्तै भएपनि श्रेष्ठले टक्कर दिन सक्ने आँकलन गरिएको छ । त्यसैगरी ७ मा कर्ण बहादुर मल्ल, रण बहादुर मल्ल र भरत बहादुर खड्काले संसदीय दलको नेतामा आकांक्षी देखाएका छन् ।
कांग्रेस स्रोतका अनुसार प्रदेश ३ मा इन्द्र बाँनिया, ४ मा कष्णचन्द्र नेपाली, ५ मा डिल्ली चौधरी र ६ मा जीवन बहादुर शाहीको संभावना रहेको स्रोतको दाबी छ । यसैगरी नेकपा एमालेलाई संसदीय दलको नेता छनौट गर्नलाई हम्मे हम्मे परेको छ । संसदीय दलको नेता नै मुख्यमन्त्रि हुने भएकाले पनि एमालेमा नेताहरुको दौडधुप बढेको छ । आफ्नो पक्षमा माहोल सिर्जना गर्न संसदीय दलका नेताका आकांक्षीहरु शीर्ष तथा प्रभावशाली नेताको घरदैलो धाइरहेका छन् । आकांक्षीहरुले पार्टीभित्रै गुटबन्दीलाई पनि तीव्रता दिएका छन् ।
संसदीय दलका नेताहरु नै मुख्यमन्त्री हुने भएपछि मुख्यमन्त्री पाएका दलभित्र आकांक्षीहरुबीच आन्तरिक प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ ।
मुख्यमन्त्री बन्नकै लागि गुट–उपगुट परिवर्तन गर्ने खेलसमेत भइरहेका छन् । एमालेले राष्ट्रियसभा निर्वाचनपछिमात्रै मुख्यमन्त्री छनोटको प्रक्रिया सुरु गर्ने र सहमति हुन नसके निर्वाचनको माध्यम छनोट गर्ने संस्थागत निर्णय गरिसकेको छ । निकै खर्चालु र महंगो भएता पनि प्रदेशसभाले संविधान कार्यान्वयन गराउन सकेकोमा सरकार मख्ख छ ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...
काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...