राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता ! – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

राजनैतिक विश्रामको संघारबाट डा. शेखरले काङ्ग्रेसभित्र देखेका निरङ्कुसता !

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद गराउन तल्लिन समुहहरु निरन्तर सक्रिय छँदैछ । त्यसमा कोईराला समूह भनेर छुट्टै समुहको नेतृत्व गरिरहेका डाक्टर शेखर कोईराला समूह दिन प्रतिदिन खुम्चिदै , दुव्लाउदै सामाजीक सन्जालमा मात्र सिमित हुँदै गएका डाक्टर शेखर कोईराला यतिवेला कथाकथित सचिवालयको नाममा एकोहोरो दिनहु हुँकार गरिरहेका छन ।

उनको वेतुकका तर्क वितर्कहरु निकै रोचक र नाटकीय ढग्ङबाट गुज्रिरहेको छ। विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व सम्हाल्न पुगेका सभापति गगनकुमार थापाले चाल्ने प्रत्येक सांगठनिक कदमले पुराना समुहहरुको निद हराम गराईदिएको छ। शेखर कोइराला समुहका पिलर मानिएका निवर्तमान सहमहामन्त्री जीवन परियार र डाक्टर गोविन्द पोखरेललाई सभापति थापाले पार्टीको केन्दिय सदस्यमा मनोनयन गर्दै शक्तिशाली र रणनीतिक संरचना निर्माण कार्यका लागि जिम्मेवारी प्रदान गरिसकेका छन । त्यसभन्दा अगाडि परियार र पोखरेल कोईरालाका पिलरको रुपमा रहेका थिए । डाक्टर शेखरकै कारण उनीहरु विशेष महाअधिवेशनमा अनुपस्थित भएको वताईन्छ । नेपाली काङ्ग्रेस उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित प्रदेश तथा स्थानीय तह केन्द्रित निर्वाचन ब्युरोको सहसंयोजक जस्तो महत्वपूर्ण पदमा परियार मनोनयन भएका छन भने पोखरेल नीति प्रतिष्ठानमा विज्ञका रुपमा कार्यक्रमको जम्मेवारी समाली सकेका छन । पोखरेल र परियारको मनोनयनले गगन विश्र्वको स्प्रिडलाई निकै महत्व राख्ने वताईन्छ ।

कोइराला समूहबाट टाढिँदै जादा जीवन परियारलाई गगन विश्र्वले राजनीतिक रूपमा पार्टि भित्र लेराएर जिम्मेवारी समेत प्रदान गर्न सफल भएका छन ।

स्थानीय र प्रदेश तहको निर्वाचन नजिकिँदै गर्दा गठन गरिएको निर्वाचन ब्युरोको सह संयोजक जस्तो गहन जिम्मेवारी सुम्पेका छन रणनीति, तयारी, समन्वय र संगठन परिचालनसँग प्रत्यक्ष जोडिएको संयन्त्रमा परियारलाई जिम्मेवारी दिएर पार्टिको समावेशी चरित्रलाई प्रतिविम्वको रुपमा हेरिएको छ। कांग्रेसभित्र बदलिँदो शक्ति समीकरण र नयाँ राजनीतिक ध्रुवीकरणको सन्देशलाई प्रभाव पारेको देखिन्छ । विशेष महाअधिवेसन पछि काङ्ग्रेस भित्र गुटको घेरावन्दीवाट बाहिर निस्केको आभास देखिन्छ ।तथापी यसलाई निरन्तरता दिन अत्यावस्यक छ । गुटिय राजनीतिले दुर्घटनामा परेको राजनैतिक दलहरुमा जेनजी आन्दोलन पछि पनि चेत नखुल्दा आम निर्वाचनमा पुराना दलहरुको अस्तित्वनै सङ्कट आइपरेको परिवेश मा एउटै पार्टिभित्र सधै यसरी लोकले गिजाउने गरि सामाजिक सन्जालमा वहकि रहनु लोकतान्त्रिक चरित्र भित्रको मानक कसरी मान्ने रु २०७९ को सघिय निर्वाचन पछि ससदिय दलको निर्वाचनमा देउवासँग प्रतिस्पर्धा गर्न नपाएका डाक्टर कोईरालाले पटक पटक गगनसँग ईगो साधेकै कारण कोईरालासँग टाडिदै गएका गगनसँगको सहकार्य पुनस् जिवित हुने विशेष अवसर विशेष महाअधिवेशन नै थियो । १४ अ‍ौ महाअधिवेसन पछि देस दैडहामा पनि उनले देउवाले पार्टिमा निरङ्कुसता लादेको आरोप लगाउदै आएका थिए । देस दौडहकै क्रममा अर्लि महाअधिवेसनको माग गरिरहेका कोईरालाले त्यतिवेला वटुलेका जनसमर्थन र विशेष राजनैतिक अवस्थाको सहि समयमा सहि विश्लेषण गर्न नसक्दा डाक्टर शेखरको राजनैतिक भविष्य अन्धकारतिर लम्किरहेको देखिन्छ ।

उज्वलतिर लम्किएको भए तत्कालीन १४ अ‍ौ महाअधिवेशनका सँस्थापन पक्षका सातभाइ लगायत देउवा समुहले ४८ दिनसम्म केन्द्रीय समितिको वैठकलाई अनिर्णयको बन्दी वनाउदा डाक्टर कोईरालाको भुमिका न त नियमित महाअधिवसेनको सुनिश्चित गर्ने तिर रह्यो न त विशेष महाअधिवेसन गरेर निरङ्कुसता लाई परास्त गर्नेतिरै रह्यो केवल आफ्नो स्वार्थमा केन्द्रित टिकट भागवण्डा गरेर गगन विश्र्वलाई पाखा लगाउदा नदेखेको निरङ्कुसता अहिले आफुसँग भएका नेताहरुलाई पार्टिको जिम्मेवारी दिदा निरङ्कुसता देखेछन् । कुण्ठालाई निरङ्कुसतामा परिणत गराएर जतिसुकै सग्लो हुन खोजेपनि गगन विश्र्वलाई पन्छाएर देउवासँग मिलेर समानुपातिक छ सिट र राष्ट्रिय सभामा तीन सिट पाउँदा देउवा कोईराला भागवण्डा गर्दा डाक्टर शेखरले निरङ्कुसता देखेनन । विधान त विशेष महाअधिवेसनमा २४८८ महाअधिवेसनका हस्ताक्षर कर्ताहरुको अवमुल्यन गरेर सातभाई र आफुले काङ्ग्रेस विधान मिचेर विशेष महाअधिवेसनलाई पार्टि फुटाएको आरोप लगाउने डाक्टर शेखरले निर्वाचन आयोगमा झुठ वोलेको कुरालाई निरङ्कुसता देखेनन ।

सँवैधानिक निकायलाई समेत चुनौति दिदै तत्कालीन सँस्थापनसँगको मिलोमतामा वहुमत महाअधिवेसन सदस्यको निर्णय वदर गरिपाउन सम्मानित सर्वोच्च अदालतमा विधि र विधान वाहिरका हुल हुज्जत लिएर जादा नदेखेका निरङ्कुस अहिले क्रियाशिल सदस्य अध्यावधिमा देखेछन । पार्टिले अध्यावधिमा कोहि कसैलाई पनि निशेध गरेको देखिदैन । अहिले पनि क्रियाशिल अध्यावधि निरन्तर गर्न पाईने छदैछ । तर पनि कोईराला राजनैतिक भविष्य सकिएका मोहन वस्नेत र कान्छा तामाङ्ग जस्तो एकोहोरो चिच्चाई रहेका छन । विरासतको दावि गर्ने कोइरालाहरुको यो खालको राजनैतिक अदुरदर्सिता प्रकट हुनु दुर्भाग्यपूर्ण हो भन्दा अन्यथा नहोला ।

विशेष महाधिवेशनपछि बनेको नेतृत्व एउटा समूहको नेतृत्व मात्र नभै समग्र पार्टीको नेतृत्व हो भन्ने सन्देश प्रभाह भईरहदा कोईरालाले भने जस्तो निरङ्कुस खोज्न फेरि देउवा र कोईराला समुहतिरै फर्कुनु पर्ने हुनसक्छ । कोइरालाले आफ्ना पुराना र इमानदार सारथीहरूलाई रोकेर राख्न नसकेकाहरुलाई पार्टिमा उचित जिम्मेवारी प्रदान गर्नुले विषेश महाधिवेशनलाई नमान्नेहरु खिइदै गएको अनुमान लगाउन कठिन छैन । आफ्ना सचिवालयका एक कर्मचारीले पार्टि सभापतिलाई चुनाव हराउन गरेको घृणित दृष्य छताछुल्ल हुदा समेत पार्टिले कुनै कार्वाही अगाडि वढाएको छैन यदि त्यस्ता घृडित कार्य गर्नेलाई कार्वाहि अगाडि वढाएको सँकेत पाएर निरङ्कुसता देखेको हो भने कोईराला माथिकै आशँका वढ्छ ।

कोईरालाका अति निकट मानिएका विश्र्वभर छर्लङ्ग हुनेगरि पचासौ हजारको जुलुस र झाकि प्रदर्शनी गर्दै तिनदिन सम्म भुकुटि मण्डपमा भएको काङ्ग्रेसको विशेष महाअधिवेसन भएकै छैन भनेर झुठ वोल्न उज्यालो नहुदै निर्वाचन आयोग पठाईएका निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, निवर्तमान उप सभापति धनराज गुरुङहरु पछिल्लो समय सानेपाका नेताहरुसँग नजिकिदै उनीहरुबाट टाढिदै सभापति थापासँग सम्पर्कमा रहेको पाइएको छ । निवर्तमान उपसभापति पुर्ण बहादुर खड्का र नेता कोईरालाले पार्टीको सदस्यता अध्यावधिक नगर्न सर्कुलर गरेपनि अधिकांश नेताहरुले भने भित्र भित्रै धमाधम सदस्यता अध्यावधिक गरिरहेको पाइएको छ । निकै लामो समय देखि पार्टि भित्रको आन्तरिक द्वन्द्व , जेनजी आन्दोलन पछि राजनैतिक परिवर्तन , आम निर्वाचनमा पराजित मानसिकता, डिलमा पुगेको राजनैतिक भविष्य र डिजटल क्रान्तिको भेललाई डाक्टर शेखरले निरङकुसता देख्दा राजनैतिक विश्रामपछिको भविष्य पनि निकै कष्टकर हुने निश्चित छ ।

सम्बन्धित समाचार

सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ
  • २०८३ असार ९, १८: २३

काठमाडौं : विराटनगर महानगरपालिका– १ मा रहेको परोपकार घाटमा मध्यरातमा अश्लील कार्य गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
तराईमा तापक्रम निरन्तर बढ्दै, सतर्कता अपनाउन आग्रह
  • २०८३ असार ९, १८: २३

काठमाडौं : तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र...

रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
  • २०८३ असार ९, १८: २३

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।...