सरकार मेडिकल माफियाको चंगुलमाः डा. केसीको अवस्था थप कमजाेर बन्दै – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
१९औँ आमरण अनसनरत डा. केसीकाे ८ औँ दिन

सरकार मेडिकल माफियाको चंगुलमाः डा. केसीको अवस्था थप कमजाेर बन्दै

फाइल फाेटाे

नयाँ विकल्प ,

काठमाडौं – जुम्लामा १९औँ आमरण अनसन शुरु गरेका डाक्टर गोविन्द केसीकाे स्वास्थ्य अवस्था कमजाेर बन्दै गएकाे चिकित्सकले जनाएका छन् । डा. केसीले १९ औँ आमरण अनसन शुरु सुरू गरेकाे साेमबार ८ औँ दिन पुगेकाे छ ।

सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मन्दिरको धर्मशालाबाट १९ औँ अनसन शुरु गरेका उनलाइ प्रहरीले जवरजस्ती शैलिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियाे ।

अस्पतालमा आमरण अनशन केसीले उपचार लिन अस्विकार गरिरहेका छन्। केसी स्वास्थ्य अवस्था विग्रेपछि प्रहरीले अनसनकाे ७ औँ दिन राती जवजस्ती अस्पताल पुर्याइएको थियाे।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले गत भदौं २९ देखि जुम्ला सदरमुकाम खलंगामा अनशन बसेका थिए । केसीको जिवनरक्षाका लागि नेपाली कांग्रेस, नेपाल चिकित्सक संघ लगायत विभिन्न पेशाकर्मी संघसस्थाले समेत केसीले उठाएका माग सम्बोधन गर्न माग गरेका छन् ।

१९औं सत्याग्रहको ७औँ दिनमा डा. केसीको स्वास्थ्य कमजोर भएको भन्दै चिकित्सकहरुले अस्पताल लैजान सुझाएका थिए । तर डा. केसीले अस्पताल जान मानेका थिएनन् ।

यसअघि १६ असार ०७५ मा पनि उनी जुम्लामा १६औँ सत्याग्रह बसेका थिए ।यसअघि भएका सम्झौता पालना नगरेका कारण पछिल्लो समय कोरोना महामारी फैलिएको भन्दै थप संघर्ष गर्नु परेको केसीले जनाएका छन् ।

नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै, गुस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भिर रुपमा मनन गरी अबिलम्ब बार्ताद्वारा जायज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न माग गरेकाे छ । केसी संघकाे आजीवन सदस्य समेत रहेका छन् ।

संघले विभिन्न माग राख्दै ६० बर्ष पुरा गरिसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्व साधारण नागरिकहरुको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक पटक सत्याग्रह गर्नु परेको र नेपाल सरकारले गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन नभएको भनी १९ औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको समेत जनाएको छ ।

केसी जुम्लाबाट सत्याग्रह सुरू गरेको यो दोस्रो पटक हो । आफूलाई अपहरणको शैलीमा अस्पताल लगिएको भन्दै डा. केसीले कुनै पनि उपचार नलिने बताएका छन् । उनले भनेका छन्, ‘माग पूरा गर्नुको साटो मलाई अपहरण गरेर ल्याउने ? म कुनै पनि उपचार, मोनिटरिङ लिनेवाला छैन ।’

केसीले कोरोना संक्रमण (कोभिड–१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि डा. केसी जुम्लामा अनशनरत छन् । डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसमेत राखेका छन् ।

सम्बन्धित समाचार

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ आश्विन ५, १२: ४०

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ आश्विन ५, १२: ४०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...

झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
झापाको कचनकबलमा विद्यालय बस दुर्घटना: १३ विद्यार्थी घाइते, चालक फरार
  • २०७७ आश्विन ५, १२: ४०

काठमाडौं ।  झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको...