लोककल्याणकारी विज्ञापन दोब्बर गर्न माग – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

लोककल्याणकारी विज्ञापन दोब्बर गर्न माग

काठमाडौं । लामो समयदेखि सञ्चार माध्यमहरुलाई सरकारले दिदै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम बृद्धी नहँुदा सञ्चार माध्यमहरु संकटमा पर्दै आएको समयमा लोककल्याणकारी विज्ञापन बापतको रकम दोब्बर बनाउनका लागी लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष सहितको सम्पादकहरुको टोलीले अर्थ मन्त्री,सञ्चार मन्त्री र राजश्व सचिवसंग भेटी माग गरेको छ ।

१० बर्ष देखि लोककल्याणकारी विज्ञापन बापतको रकम बृद्धी नहुँदा सञ्चार माध्यमहरुलाई ठूलो समस्या भैरहेकाले तत्काल उक्त रकमलाई दोब्वर बनाउनु पर्ने माग राख्दै लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका केन्द्रिय अध्यक्ष दामोदर प्रसाद दवाडी, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, हेल्थ टुडेका सम्पादक पदमराज जोशी लगायतका सम्पादकहरुले अर्थमन्त्री ज्ञानेन्द्र वहादुर कार्की, सञ्चार मन्त्री मोहनबहादुर वस्नेत, राजश्व सचिव शिशिर कुमार ढुंगानालाई मन्त्रालयमा छुट्टा छुट्टै भेटघाट तथा छलफल गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री कार्की, सञ्चार मन्त्री बस्नेत र राजश्व सचिव ढुंगानाले लोककल्याणकारी वापतको रकम दोब्बर बनाउनका लागी प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका समाजका अध्यक्ष दामोदर प्रसाद दवाडीले बताए । २०१५ सालमा निर्वाचित विपि कोइरालाको सरकारले संचार माध्यमहरुको विकासका लागी दिन शुरु गरेको लोककल्याणकारी विज्ञापन बापतको रकम पछिल्लो पटक २०६४ सालमा सरकारले रकम बृद्धी गरेपछि हालसम्म बृद्धी नगर्दा सञ्चार माध्यमहरुलाई ठूलो समस्या भैरहेको छ । देशभरीबाट प्रकाशित तथा प्रशारण हुने संचार माध्यमले लोककल्याणकारी विज्ञापन बापतको रहम बृद्धी गर्नका लागी लोकतान्त्रिक छापामाध्यमले बारम्बार आवाज उठाउँदै आईरहेको छ ।

सम्बन्धित समाचार

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ माघ २२, ०९: ३४

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...

सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन
सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन
  • २०७४ माघ २२, ०९: ३४

काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...

किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
  • २०७४ माघ २२, ०९: ३४

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...