

नयाँ विकल्प,
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी १६ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले विगत २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको चार सय २७ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार थप एक हजार एक सय ५४ नयाँ कोरोनाका संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार पाँच सय ३३ जनाको आटी पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा एक हजार पाँच जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या पनि ४७ हजार दुई सय ३८ पुगेको छ ।
नेपालमा हाल १७ हजार ६११ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् भने सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेका छन् ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...