
काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार गर्ने सँस्थापन इतर पक्षका नेताहरु चुनदेवितिरवाट सानेपा काङ्ग्रेससँग मिल्न नसक्ने भन्दै ठेकेदारको हातवाट साचो लिएर कार्यालय खोलेर घुर्काई रहेका छन ।
१४ अ महाअधिवेसनका टाउको मात्र रहेको सानो समुह र जम्वो विशेष महाअधिवेसन नेतृत्व विच भईरहेको झगडा देख्नेलाई लाज भने जस्तै भइरहेको छ । १४औं महाअधिवेसनमा देउवा गुटले महाअधिवेसन पश्चात् पार्टिका नीति, नियम, विधान मिच्दै एकलौटी गरेर पार्टि कव्जाको नीति लिएका कारण गगन\ विश्र्वहरुले विशेष महाअधिवेसन वाट पार्टिको नेतृत्व खोसेका हुन । वर्तमान अवस्थामा चुनदेवि काङ्ग्रेस र गगन\विश्र्वले नेतृत्व गरेको आधिकारिक काङेस विच सम्बन्ध विच्छेद हुने वढेर गएको छ । प्रमुख तीन कारणवाट सम्बन्ध टुट्ने सँभावना रहेको छ , जसमा पहिलोः१४ अौ महाअधिवेसनवाट देउवा गुटमा भएको प्रचण्ड वहुमतले विधानमा व्यवस्था भएको १७(२) लाई लत्याउन नखोजेको भए काङ्ग्रेस यति धेरै विग्रहमा पर्ने थिएन । गगन\ विश्र्वले वैधानिक विधिको वाटोवाट विशेष महाअधिवेसन गरेर नेतृत्व नखोसेको भए चुनदेवि काङ्ग्रेसले पार्टि चोईट्याएर पालैपालो काङ्ग्रेस नेतृत्व हत्याउदै गगन /विश्र्वहरुलाई पाखा लगाउन पार्टिभित्रको तत्कालीन गतिविधिमा प्रष्ट देखिन्थ्यो । दोस्रोः वर्तमान सातभाईहरु खड्का ,कोईराला , निधि , सिँह , सिटौला , महत र साउदले सँवैधानिक निकाय निर्वाचन आयोगदेखि सम्मानित सर्वोच्च अदालतसम्म असभ्य शक्ति प्रदर्शन नगरेको भएपनि यति धेरै रिसराग वढ्दैनथ्यो ,भेटघाट र छलफलले निरन्तरता पाउथ्यो । तेस्रोः प्रमुख कारण भनेको विषेश महाअधिवेसनले काङ्ग्रेस विधानलाई परिमार्जित गरेर वडा तह देखिनै केन्द्रीय नेतृत्वमा भाग लिनु पर्ने वाध्यतात्मक व्यवस्थाले गर्दा चुनदेवी काङ्ग्रेस अध्यावधिको अड्को थाप्दै १४ अौ महाअधिवेसनका वाकि १११ जना नेतालाई वर्तमान गगन विश्र्वको कार्य समितिले केन्द्रिय समितिमा नियुक्ती गरिदिनु पर्ने भनेर भाग्न खोज्दैछ । जनसमर्थन र कार्यकर्ता विहिन टाउको मात्र रहेको उक्त समुहको गन्तव्य हिन यात्रामा न हासो ! न उत्साह ! न त वर्तमान राजनैतिक अवस्थाको चिन्तन नै !
एकोहोरो आ –आफ्ना पदका लागि गरिरहेको वार्गेनिङ्ग ! पार्टिको डिजिटल फोरम बलियो वनाउने अभियानवाट अत्तालिएका सँस्थापन इतर पक्षका चुनदेवि काङ्ग्रेसका लागि साउन तीन गतेसम्म अध्यावधि समय वढाए पनि उनीहरु पहिले नै नविकरण गरिसकेको भन्दै अड्को थापिरहने, यता आधिकारिक काङ्ग्रेस डिजिटल अध्यावधि नगरे अधिवेसनका लागि उम्मेदवार वन्न योग्य नहुने तर काङ्ग्रेस रहिरहने भनिरहेको अवस्थामा पछिल्लो समय चुनदेवि काङ्ग्रेसले सवैको स्वत नविकरण गर्ने निर्णय गर्नुपर्ने भनेर सन्देश पठाएको बुझिएको छ । हाल साडे सातलाख क्रियाशिल सदस्यहरुको अध्यावधि भईसकेको सानेपा स्रोतले वताएको छ । यहि विषयमा छलफल गर्न नेपाली काङ्ग्रेसले केन्द्रीय समितिको वैठक आज वोलाएको छ । (नयाँ विकल्प साप्ताहिकबाट)
बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...
काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...
काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...