
बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्यसमितिले मंगलबार प्राधिकरणको बेलटार शाखा कार्यालयका प्रमुखलाई भेटी ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नगरपालिका क्षेत्रभित्र पहिलेको तुलनामा अहिले अनावश्यक रूपमा विद्युत काटिने क्रम बढेकाले यसबाट आम नागरिकहरूलाई ठूलो असुविधा पुगेको उल्लेख गरिएको छ ।

कांग्रेसले ज्ञापन पत्रमार्फत चौदण्डीगढी नगरपालिका वडा नं. ३ स्थित वीरेन्द्र चोकमा सब-स्टेशन निर्माणका लागि केही वर्ष अघि नै जग्गा व्यवस्थापन भए पनि हालसम्म सञ्चालनमा नआएको भन्दै चासो व्यक्त गरेको छ । उक्त सब-स्टेशन यथाशीघ्र सञ्चालनमा ल्याउन सके विद्युत आपूर्तिमा देखिएको समस्या समाधान हुने र अनावश्यक लाइन काटिने समस्या अन्त्य हुने कांग्रेसको ठम्याइ छ ।
नगर सभापति राजेन्द्र पौडेल र सचिव रोहित मान तामाङद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, “वीरेन्द्र चोकमा जग्गा व्यवस्थापन भए तापनि हालसम्म सञ्चालन नभएको हुँदा यथाशीघ्र सब-स्टेशन सञ्चालन गर्न र अनावश्यक लाइन नजानका निमित्त व्यवस्थापन गर्न हार्दिक अनुरोध गर्दछौं ।”
प्राधिकरणले नागरिकका समस्यालाई मध्यनजर गर्दै विद्युत सेवालाई प्रभावकारी बनाउनुपर्ने माग सो पत्रमार्फत गरिएको छ ।

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित आज देशभर छठ पर्व मनाइँदैछ । चार...