६ वटै प्रदेशमा रष्ट्रियसभा निर्वाचनको मतदान जारी – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

६ वटै प्रदेशमा रष्ट्रियसभा निर्वाचनको मतदान जारी

 

काठमाडौँ २४, माघ । राष्ट्रियसभा सदस्यका लागि अहिले मतदान भईरहेको छ । कुल ५९ सदस्यीय रहने राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट निर्वाचित हुने व्यवस्था छ । अन्य तीन जना सरकारको सिफारीसमा राष्ट्रपतिले मनोनित गर्ने छन् । चुनाव मार्फत चुनिने ५६ जनामा २४ जना निर्विरोध भईसकेको छ । २ नम्बर प्रदेशमा सवै उम्मेदवार निर्विरोध भइसकेकाले आज प्रदेश १,३,४,५,६ र ७ मा मात्रै चुनाव भईरहेको छ ।
यो चुनावका लागि ६ वटा प्रदेशका १२ मतदान केन्द्रबाट बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम तय भएको आयोगले जनाएको छ । यसका लागि तोकिएका मतदान केन्द्रमा मतदाता पुगिसकेका छन् ।
निर्वाचनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्यले आआफ्नो मतदान केन्द्र पुगेर राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्दैछन् ।
एकल संक्रमणीय मत प्रणालीअनुसार प्रत्येक प्रदेशबाट ८ जनाका दरले कुल ५६ जना निर्वाचित हुने र ३ जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
प्रत्येक प्रदेशबाट निर्वा्चित हुने आठ जनामध्ये महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना हुनेछन् ।
महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् ।
प्रदेश १ मा ३ महिला अन्य तीन गरी जना निर्विरोध भएकाले दलित र अल्पसंख्यक २ जनाका लागि मात्रै निर्वाचन हुनेछ ।
यस्तै प्रदेश नम्बर ३ मा आठै पदमा निर्वाचन हुनेछ भने ४ मा अपाङगता भएका वा अल्पसंख्यक निर्विरोध भएकाले सात पदमा निर्वाचन हुदैछ ।
त्यसैगरी प्रदेशश ५ मा ३ महिला निर्विरोध भएकाले ५ सदस्यका लागि चुनाव हुनेछ ।
६ नम्बर प्रदेशका सवै पदमा निर्वाचन हुनेछ भने सातमा तीन महिला र अन्य तीन निर्विरोध भएकाले बाँकी २ पदमा निर्वाचन हुनेछ ।

सम्बन्धित समाचार

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ माघ २४, ०५: ५३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...

सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन
सर्वोच्च अदालतले भन्यो- गोलाप्रथा प्रक्रिया हटाउने कुनै तयारी छैन
  • २०७४ माघ २४, ०५: ५३

काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...

किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
किसानलाई यस वर्ष ६ लाख मेट्रिक टन मल उपलब्ध गराइने, उखु किसानको बाँकी भुक्तानी असारभित्र : मन्त्री चौधरी
  • २०७४ माघ २४, ०५: ५३

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...