२४ माघ, काठमाडौं ।
माल्दिभ्सको सर्वोच्च अदालतले ‘यू–टर्न’ लिँदै राजनीतिक बन्दी रिहा गर्ने आफ्नै आदेश उल्टाएको छ ।
संकटकाल लगाएर प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशलाई गिरफ्तार गरिएसँगै सर्वोच्चले आफ्नो निर्णय उल्टाएको हो । सर्वोच्चमा बाँकी रहेका न्यायाधीशहरुले संयुक्त वक्तव्य जारी गर्दै ‘राष्ट्रपतिले देखाएको चिन्ताका बीच’ निर्णय उल्टाएको बताएका छन् ।
राष्ट्रपति अब्दुल्ला यामीनले आफूलाई पदच्युत गर्न न्यायाधीशहरुले षड्यन्त्र गरेको आरोप लगाएका थिए ।
मंगलबार टेलिभिजन सम्बोधनका क्रमा यामीनले भनेका थिए, मैले देशमा संकटकाल घोषणा गर्नुर्पयो किनकी न्यायाधीशहरुबारे अनुसन्धान गर्ने अरु कुनै उपाय रहेन ।’
एक साता अघि सर्वोच्च अदालतले नौ जना विपक्षी नेतामाथि लागेको अभियोग खारेज गर्दै रिहा गर्न आदेश दिएको थियो । साथै हटाइएका ११ सांसदलाई पुनर्वहाली गर्न भनेको थियो । यो आदेशले संसदमा विपक्षीहरुको पुनः बहुमत पुग्थ्यो ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...
काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...