काठमाडौँ २३ माघ ।
प्रदेश ३ को मुख्यमन्त्री बन्नका लागि करिब आधा दर्जन प्रत्याशी मैदानमा देखिएपछि एमालेले निर्वाचनबाट संसदीय दलको नेता छान्ने भएको छ ।
प्रदेश ३ कमिटीको बुधबार विहान बसेको सचिवालय बैठकले माघ २६ गते दलको नेता चयन गर्ने निर्णय गरेको हो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेर नेता चयन हुने हुने एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश ३ का सांसद अरुण नेपालले जानकारी दिए । सकेसम्म सहमति कायम गर्ने र नभएमा लोकतान्त्रिक प्रक्रियाबाट दलको नेता चयन हुने उनले बताए ।
भावी मुख्यमन्त्री मानिएको प्रदेश ३ को दलको नेता बन्न एमालेमा करिब आधा दर्जन प्रत्यासी छन् । प्रदेश संयोजक तथा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री राजेन्द्र पाण्डे मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।
उनीहरु दुवै माधव नेपाल पक्षका भए पनि पछिल्लो समय पाण्डे ओली पक्षमा देखिएका छन् ।
माधव नेपाल पक्षकै पशुपति चौलागाईले पनि दाबी गरेका छन् । संस्थापन पक्षबाट पोलिटव्यूरो सदस्य सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित, हेटौंडाका पूर्वमेयर डोरमणी पौडेल र रामेछापका कैलाश ढुंगेलले मुख्यमन्त्री दाबी गरेका छन् ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...
काठमाडौं : सर्वोच्च अदालतले इजलास तथा मुद्दा व्यवस्थापनका लागि लागू गरिएको गोलाप्रथा प्रक्रियालाई परिवर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ...
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन विशेष पहल गरिरहेको बताएकी छन्...