

नयाँ विकल्प
दार्चुला – शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका- ४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय प्रहरी नायव निरिक्षक (सई) ध्रुव रावल मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेकाे र बिहानपख होटलको बाथरूम बाहिर लडेको अवस्थामा फेला परेका हुन् । विहान पख हाेटकलकाे वाथरूममा अचेत अवस्थामा लडेका रावललाइ जिल्ला अस्पताल दार्चुला पुर्याइएको थियो।
अस्पताल पुग्ने वितिक्कै डाक्टहरूले मृत घोषणा गरेकाे थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनको नाक र मुखबाट रगत बगेको छ । मृतक रावल प्रेसरका बिरामीसमेत रहेकाे प्रहरीले जनाएकाे छ । मृतक रावलकाे पाेष्टमार्टमकालागि जिल्ला अस्पताल लगिएकाे छ ।
काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...
काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...