एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो ।

बहराइनले दिएको ८८ रनको लक्ष्य नेपाली टोलीले २१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा नटआउट रहे । उनले ५८ बलमा ५ चौका प्रहार गरे ।

रोहित पौडेल १९ रनमा अविजित रहे । उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे । बहराइनका इमरान जावेदले २ विकेट लिए ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सवै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए ।

त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बहराइनलाई ८७ रनमा समेट्नेक्रममा नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिँदा करण केसीले २ विकेट हात पारे ।

सम्बन्धित समाचार

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०८३ भाद्र १५, १२: १०

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०८३ भाद्र १५, १२: १०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य बीमा सेवा सहज बनाइने
  • २०८३ भाद्र १५, १२: १०

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बीमा सेवामा सहजीकरण गर्ने भएको छ । बोर्डले आज विज्ञप्ती जारी गर्दै यही...