कृष्णभीरमा ट्र्याक खोल्न थालियो – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ । दुई दिनसम्म रुख र बाँस काट्ने, झाडी फाँड्ने र ग्याविन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम सुरु गरिएको हो ।

निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटरले ट्र्याक खोल्न थालिएको हो । माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने र सफा गर्ने काम गरिरहेका छन् । छेउको भागबाट सात मिटर पर ट्र्याक खोल्न लागिएको उनले जानकारी दिए । उनका अनुसार एक सातादेखि १० दिनभित्र ट्र्याक खोल्ने काम सकिने छ ।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार दुई दिन सफा गरेपछि काम अघि बढेको हो । सडकभन्दा करिब नौ मिटर अग्लो पहिलो डाँडालाई काटेर सडक खोल्न लागिएको हो । ट्र्याक ३५० मिटर लामो हुनेछ । सात मिटर चौडाइको ट्र्याक बनाउन लागिएको हो ।

यसअघि सञ्चालनमा रहेको झण्डै २०० मिटर लम्बाइको सडक भासिएर र चिरिएको छ । यहाँ १० मिटर फराकिलो सडक रहेको थियो । त्रिशूली नदीले फेदमा रहेको मजबुत संरचनासमेत बगाएपछि सडक भासिएको हो । यही भदौ १४ गते उक्त सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ । सरकारले यथासक्य छिटो यो सडक सञ्चालन गर्न आवश्यक निर्णय र निर्देशन दिइसकेको छ । भदौ महिनाभित्र कृष्णभीर सञ्चालन गर्नेगरी काम अघि बढाइएको छ ।

उक्त सडकलाई मर्मतसम्भार गरिएपछि २०६० साल यता सो खण्डमा यातायात सञ्चालन सहज भएको थियो । सडकको दुवैतर्फ कडा चट्टान छ । भीरको बीच भागमा ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इन्जिनियर मिश्र बताउँछन् । अहिले सोही ठाउँमा समस्या आएको हो । गत वर्ष सोही सडकको छेउपट्टिको भाग भासिएपछि मर्मत भइरहेको थियो ।

सम्बन्धित समाचार

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र
माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र
  • २०८३ भाद्र १९, ११: ४७

रसुवा : भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका व्यक्तिको खोज तथा उद्धार तीव्र पारिएको छ । नेपाली...

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार, गृहमन्त्री गुरुङको फिल्ड सक्रियतामाथि प्रश्न
त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार, गृहमन्त्री गुरुङको फिल्ड सक्रियतामाथि प्रश्न
  • २०८३ भाद्र १९, ११: ४७

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले...

त्रिशूली-३ ‘ए’ बाट दुई जनाको सकुशल उद्धार
त्रिशूली-३ ‘ए’ बाट दुई जनाको सकुशल उद्धार
  • २०८३ भाद्र १९, ११: ४७

काठमाडौं : माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा आयोजनामा...