
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ ।
उद्धार तथा विपद् राहत प्रयासका लागि सो सहयोग गर्ने यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिमसम्बन्धी सूचनासमेत समेटिनेछन् ।
चीनको मौसमसम्बन्धी निकायले चीन र नेपालबीचको केरुङ–रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।
विपद्लगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसमसम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...