झलनाथ खनालको शीतल निवास पस्ने चाहनामा ओलीको “नो इन्ट्रि” – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

झलनाथ खनालको शीतल निवास पस्ने चाहनामा ओलीको “नो इन्ट्रि”

काठमाडौंं। नेकपा एमाले भित्र राष्ट्रपति पद हत्याउनका लागि नेताहरुबीच होडबाजी चलिरहेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्व पार्टी अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति पदमा आकांक्षी देखाएका छन् । राष्टपति भण्डारीले आफ्नो कार्यकाल लम्ब्याउन राजनीतिक लबिङ शुरु गरिसकेकी छन् भने प्रदेशसभा र प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको बामगठबन्धनका शिर्ष नेताहरु केपी ओली र पुष्पकमल दाहालसँग उनले भेटघाट गरिसकेकी छन् ।

प्रचण्डका परिवारसँग लन्च देखि डिनर मिटिङ गरेर उनले घुमाउरो पारामा राष्ट्रपति बनाईदिन आग्रह गरेकी स्रोतले जनाएको छ । वर्तमान कार्यकाल बीचमै सकिने भएपछि थप ५ वर्षको कार्यकाल लम्ब्याउन राष्ट्रपति भण्डारी लागि परेकी एमाले निकट स्रोतले भन्यो । एउटा व्यक्ति २ पटक सम्म राष्ट्रपति बन्न पाउने संवैधानिक व्यवस्था छ ।

त्यसैले राष्ट्रपति भण्डारीले थप ५ वर्ष कार्यकाल बढाउन राजनीतिक लबिङ शुरु गरेकी स्रोतको दाबी छ । राष्ट्रपति पदमा रहँदा खासै विवादमा नमुछिएको र ५ वर्ष कार्यकाल पुरा नभएकोले भण्डारीलाई नै राष्ट्रपतिमा कायम राख्नु पर्ने केही एमालेका नेताहरुको तर्क छ । यस विषयमा पार्टी अध्यक्ष नै भण्डारीकै कार्यकाल बढाउन लागि परेको जानकारहरु बताउँछन् । तर ओलीको निर्णय प्रति एमाले भित्र अन्य नेता सन्तुष्ट छैनन् । बरिष्ठ नेता झलनाथ खनालले पार्टीले जिम्मवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको पटक पटक सार्वजानिक रुपमै भनिरहेका छन् । उनले राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहो¥याउन नहुने तर्क प्रस्तृत गर्दै आएका छन् । राष्ट्रपतिमा मुख्य रुपमा भण्डारी र खनालको आकांक्षा देखिएपछि एमाले भित्र गुट उपगुटको आधारमा लबिङ शुरु भईसकेको नेताहरुले बताएका छन् ।

भागबण्डाको आधारमा पद हत्याउने प्रवृत्ति नेपाली राजनीतिमा कुनै नौलो कुरा हैन । विभिन्न दबाब र प्रभावमा परेर उम्मेदवार चयन, राजनीतिक नियुक्तिले नेपाली राजनीतिलाई नराम्रारी गाँजेको छ । यसअघिको राष्ट्रपति चयन गर्दा ओलीको ठाडो निर्णयमा भण्डारीलाई बनाएको भन्ने चर्चाले राम्रै स्थान पाएको थियो । फेरी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति भण्डारीले नै आकांक्षा देखाएकी छिन् । यो पटकको राष्ट्रपति चयन गर्दा ओलीको ठाडो निर्णय हुन्छ वा पार्टीको त्यो पर्ख र हेरको अवस्थामा छ । तर एमाले भित्र पनि गुट र उपगुटले राम्रै स्थान पाएको अवस्थामा विगतमा जस्तो वर्तमानमा राष्ट्रपति चयन गर्न ओलीलाई सहज हुने देखिदैन । त्यसमाथि पनि एमाले–माओवादीबीचको पार्टी एकीकरणले पनि पद बाडफाँटमा सहज हुने देखिदैन ।

चुनावमा गठबन्धन गरी बहुमत प्राप्त गरेपछि पार्टी एकीकरणको दिशामा अगाडि बढेको एमालेलाई माओवादी केन्द्रको पनि निर्णय महत्वपूर्ण हुने देखिन्छ । ओलीसँगको भेटमा प्रचण्डले भावि राष्ट्रपतिका लागि माधव नेपाल र झलनाथ खनालको विकल्प अगाडि सारेको स्रोतको भनाई छ ।  तर ओलीले ओलीले भने, ‘हुन्न’ भनेको बताइन्छ । तर, झलनाथ खनालले अहिलेसम्म हार खाएका छैनन् । झलनाथ खनालको शीतल निवास पस्ने चाहनामा ओलीले नो इन्ट्रिको संकेत देखाईसकेका छन् ।  प्रमुख राजनीतिक दलहरूको ध्यान प्रदेश सरकार र केन्द्र सरकारमा गए पनि केही विशिष्ट व्यक्तिहरूले भने राष्ट्रपति र उपराष्ट्रपतिका लागि चासोे देखाएर ‘पावर एक्सरसाइज’ तीव्र बनाएका छन् ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ माघ २९, ०८: ३२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ माघ २९, ०८: ३२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ माघ २९, ०८: ३२

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...