निर्माता संघमा थपिए केशब, विकाश र निश्चल – Naya Bikalpa
April 16, 2024, Tuesday

निर्माता संघमा थपिए केशब, विकाश र निश्चल

काठमाडौं । नेपाल चलचित्र निर्माता संघमा संघकै पूर्व महासचिब केशव भट्टराईलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको छ । संघको बिधानलाई संसोधन गरेर उनलाई बरिष्ठ उपाध्यक्षमा ल्याईएको हो ।
संघको कार्यलय गहनापोखरीमा शुक्रबार आयोजित कार्यक्रममा भट्राईलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरिएको अध्यक्ष आकाश अधिकारीले बताए । शुक्रबार नै कार्यसमिति सदस्यमा विकासराज आचार्य र निश्चल बस्नेतलाई पनि मनोनित गरिएको छ । दुवैको मनोनयन पनि संशोधित विधान अनुसार नै गरिएको हो ।
संघ अध्यक्ष आकाश अधिकारीले यसअघि एक दुईजनामात्र उपाध्यक्ष रहने व्यवस्था थियो भने कार्य समिति सदस्यमा पनि ११ जना सदस्य रहने व्यवस्था भएको बताए । जसमध्ये ९ जना चुनावबाट र दुई जना कार्यसमितिले छनोट गर्ने व्यवस्था थियो । नयाँ संशोधन अनुसार १२ जना चुनावबाट र २ जना मनोनयनबाट कार्यसमितिमा छनोट हुनेछन् । योसँगै निर्माता संघ २१ सदस्यीय कार्यसमितिमा रुपान्तरण भएको पनि उनले प्रकाश पारे ।
अध्यक्ष अधिकारीले निर्माताको हकहितका लागि थप संगठित हुनु पर्ने आवश्यकता महसुस गरि संसोधनमार्फत् कार्यसमिति सदस्यको संख्या बढाएको बताउँदै भने, ‘हिजोको अनुभव र आजको जोशलाई एक ठाउँ भेला गरेर निर्माता संघलाई गतिशील बनाउन नयाँ सदस्यलाई संघमा आबद्ध गराएका हौं । योसँगै हामीले हाम्रो कार्यकालमा गर्ने भनी अगाडि सारेका एजेन्डामा सक्रियतापूर्वक लाग्नेछौं।
अध्यक्ष अधिकारीले बक्स अफिस, फिल्म रिलिज र सेयर बाँडफाँडका सम्बन्धमा सरोकारवालाहरुसँग तदारुकताका साथ वार्ता गर्ने पनि जानकारी गराए । मनोनित तीनै जनाले कार्यसमितिको निर्णाया अनुसार अगाडि बढ्ने पनि उनले जानकारी गराए ।

सम्बन्धित समाचार

मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई
  • २०७४ कार्तिक २७, ०९: ४४

मुम्बई। चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित...

अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
अजय देवगनले शैतानवाट लिए २५ करोड भारू पारिश्रमिक
  • २०७४ कार्तिक २७, ०९: ४४

मुम्बइ । अजय देवगन र आर माधवन यतिबेला आफ्नो आगामी फिल्म ‘शैतान’लाई लिएर चर्चामा छन् । यो फिल्म छिट्टै हलमा...

नेपाली चलचित्रको बलियो बजार बन्दै
नेपाली चलचित्रको बलियो बजार बन्दै
  • २०७४ कार्तिक २७, ०९: ४४

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि...